रौतहट।
रौतहटको मौलापुर नगरपालिका–३ स्थित लाल बकैया बाँध नजिक चेकजाँचमा खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको मधेश प्रदेश–०३-०३३ प ३११० नम्बरको मोटरसाइकलको लेगाढमा झुण्ड्याइएको झोलाबाट ११ लाख ४७ हजार रुपैयाँसहित ३६ वर्षीय मुन्ना प्रसाद जैसवाल पक्राउ परेका हुन्।
जैसवाल बारा जिल्ला, सिमरौनगढ नगरपालिका–११ का निवासी हुन्। पक्राउ परेका जैसवाललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखी जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।











प्रतिक्रिया