जनताले भरोसा दिए देश विकासको ढोका खुल्छ– मन्त्री घिसिङ

1.97k
Shares

रौतहट ।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्री  कुलमान घिसिङ्गले आगामी निर्वाचनमा आफूहरुलाई जिताए देशको कायापलट हुने बताएका छन् ।  उनले उक्त कुरा तराई विकास तथा संचार केन्द्रद्वारा रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ९ मा रहेको जन्मोत्सब र्पाकमा आयोजित कार्यक्रममा बताएका हुन् । 

आफू कर्मचारी भएर काम गर्दा उर्जाको क्षेत्रमा प्रगति गरेकै कारण देश अध्यारोबाट उज्यालो तर्फ अघि बढेको हुनाले अब तिब्र गतिमा देशको सर्बाङ्गिण विकास गर्न आफू राजनीतिमा आएको बताउँदै उनले आगामी निर्वाचनमा आफूहरुलाई मत जाहेर गर्न आग्रह गरे ।

 राजनैतिक क्षेत्रमा पनि सुधार ल्याउनु पर्ने भएकाले आफूहरु राजनीतिमा आएको बताउँदै उनले देश भित्र ऊर्जा क्षेत्रको विकास जस्तै कृषि, सिचाई, पूर्वाधार, शिक्षा क्षेत्रमा पनि उज्यालो ल्याउनु पर्ने आजको आबश्यक्ता रहेकाले अबको तीन महिनामा सम्भब नदेखिएको हुँदा आगामी निर्बाचन मार्फत बन्ने सरकारमा समेत आफूहरुलाई ल्याए देशको  बिकासमा परिर्बतन आउने बताए ।

 उनले बिकासका लागि बजेट नहुने यदि बजेट भए कार्यान्वय नहुने भएकाले देश भित्र समयमै निर्माण सम्पन्न हुनु पर्ने पुल, सडकहरु अलपत्रमा परेका कारण जनताले सास्ती भोग्नु परेको र देश संवृद्धि हुन नसेको बताए । उनले निर्माण ब्यबसायीले पनि समयमै निर्माण सम्पन्न नगरेको आरोप समेत लगाए । सुशासन, भ्रष्टाचार मुक्त र पार्दशिताकोे लागि यो सरकार निर्माण भएकाले सोही अनुरुप सरकार संचालनमा रहेको उनले बताए ।