उदयपुर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल नारामा मात्र सीमित नभई व्यवहारिक सम्मान र सचेतनामा रूपान्तरण हुनुपर्छ भन्ने सन्देश उदयपुरमा सम्पन्न एक भव्य कार्यक्रमले दिएको छ । मादिना मञ्जरी (नजबुल) फाउन्डेसनको आयोजना तथा महिला तथ बालबालिका मन्त्रालय र शिक्षाकालागि राष्ट्रिय अभियानको सहयोगमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर सम्पन्न ‘शिक्षाको सवालमा पहिचानको खोजी’ कार्यक्रम अर्थपूर्ण र प्रशंसनीय रह्यो ।
समाज परिवर्तनमा अतुलनीय योगदान पु¥याउने विभिन्न क्षेत्रका ९ जना महिलाहरूलाई गरिएको सम्मानले कार्यक्रमको ओज बढाएको छ । सुरक्षा निकायदेखि शिक्षा, न्याय, राजनीति र सामाजिक क्षेत्रमा अहोरात्र खटिने मिरा बि.क., ज्योति मिश्रा, कमला कार्की, मणी राई लगायतका पात्रहरूलाई सम्मान गर्नु भनेको उनीहरूको संघर्ष र कर्मलाई राज्यस्तरबाट अनुमोदन गर्नु हो । यसले समाजका अन्य महिलालाई पनि नेतृत्वमा आउन हौसला प्रदान गर्दछ ।
प्रविधिको सही प्रयोगद्वारा हिंसा न्यूनीकरण गर्ने र महिलाले ‘फलानाकी छोरी वा श्रीमती’ भन्दा माथि उठेर आफ्नै नामबाट पहिचान बनाउनुपर्ने विषयमा भएको अन्तरक्रिया अत्यन्त समयसापेक्ष छ ।
सरोकारवाला निकायहरूको सक्रिय उपस्थितिले लैङ्गिक हिंसा अन्त्य गर्न सबै पक्षको हातेमालो आवश्यक छ भन्ने पुष्टि गरेको छ । यस्ता रचनात्मक अभियान १६ दिनमा मात्र सीमित नराखी वर्षभरि नै निरन्तरता दिन सके मात्र समतामूलक समाज निर्माणको लक्ष्य पूरा हुनेछ ।











प्रतिक्रिया