डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा तोडफोड

2.16k
Shares

रौतहट ।

 वार्षिक कार्ययोजना स्वीकृत नहुँदा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा तोडफोड भएको छ । गत कार्तिक १ गते वार्षिक कार्ययोजना स्वीकृतिको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा पेस गरेपनि डिभिजन बन प्रमुख हेमन्त साह र सम्बन्धित फाँट प्रमुख राम गणेश साहले विभिन्न बहाना बनाउँदै आलटाल गरेपछि रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय तोडफोड गरेका छन् । 

तोडफोडबाट कार्यालयका फर्निचर, कम्प्युटर, झ्यालका सिसामा क्षति पुगेको जनाइएको छ । पेस गरेको कार्ययोजना २ महिना हुनै लाग्दा पनि कार्यालयबाट स्वीकृत हुन्छ न त संशोधन गर्नु पर्ने बुध्दानै औँल्याएर दिन्छन रंगपुर साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष अशोक यादवले बताए । 

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले भने समूहले पेस गरेको कार्ययोजनामा पुन शंसोधित बुध्दा थप्न दबाब दिएको र समूह बाटनै निर्णय गरी पेस गर्न भन्दा नमानेर कार्यालय तोडफोड गरेको बताए ।

 गत बर्ष पनि वार्षिक कार्ययोजना ढिलाई गरेर स्वीकृत गरेका कारण समूहले उत्पादन गरेको काठ दाउरा २० महिना देखि उपभोक्तालाई  बिक्री गर्न नसकिएको समूहका अध्यक्ष यादवले बताए । उनका अनुसार डिभिजन बन प्रमुख साह रौतहट आएदेखि समूहमा उत्पादित काठ दाउरा बाडफाड बिनानै सःमिलसँग साँठगाँठ गरेर गुणस्तरीय काठ टेन्डर गर्ने गरेको, दिगो वन व्यवस्थापन परियोजना अन्तर्गत पुराना रुख निकाल्ने कार्यका लागि कार्ययोजना बनाउँदा आफ्ना अनुकूलका संस्थासँग सम्झौता गरेर काम गर्न दबाब दिएको आरोप समेत लगाए  ।