काठमाडौं ।
इटहरी इन्टरनेशनल कलेजले २०२५ डिसेम्बर ९ मा सोल्टी वेस्टेन्ड, इटहरीमा आफ्नो वार्षिक दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममध्ये बिएससी (अनर्स) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनका स्नातक विद्यार्थीहरूको सहभागिता उल्लेखनीय रहेको थियो।
यस वर्षको उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ। छात्रवृत्ति निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताको आधारमा प्रदान गरिएको हो। आइएनजी कलेज समूहले उनीहरूको आगामी शैक्षिक यात्रामा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ।
समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका वरिष्ठ प्रतिनिधिहरूको विशेष उपस्थिति थियो। अध्यक्ष बुढाथोकीले स्नातकहरूलाई बधाई दिँदै उनीहरूको मेहनत र समर्पणको प्रशंसा गरे। लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका डिन क्रिष्टोफर लेनले दुई संस्थाबीचको सफल साझेदारी र कलेजको प्रगतिप्रति प्रसंसा व्यक्त गरे।
कलेजले आगामी दिनहरूमा पनि गुणस्तरीय शिक्षा र विद्यार्थी–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।











प्रतिक्रिया