सुनकोशीमा बेपत्ता कार्की अझै फेला परेनन् 

1.03k
Shares

उदयपुर ।

गत बुधबार उदयपुर र ओखलढुंगाको सिमामा रहेको सुनकोशी नदीमा हाम फालेका कटारी ३ च्याँगा घर भएका लुप्त बहादुर कार्की अझै  फेला नपरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

इलाका  प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार शनिवार सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले सुनकोशी नदीमा खोज तलास गरेको तर फेला नपरेको बताए ।

सुनकोशीको पुलबाट हाम फालेका कार्कीलाई नदीको बहावले कता लग्यो तर स्थानीयले सोही दिनदेखि हाम फालेको ठाउँबाट नै खोजी गरिरहेको र वरपरका ठाउँहरुमा पनि डोरी लगाएर खोजी गरिरहेको इलाका प्रहरी कार्याल्यका प्रमुख भारतीले बताए ।

आइतबार नेपाल समाचारपत्रसँगको कुराकानीमा प्रहरी नायव उपरीक्षक भारतीले कार्कीले हामफालेपछि प्रहरीले सूचना पाउना साथ प्रहरी चौकी घुर्मीको प्रहरी टोली  र स्थानीय भएर खोजतलास गर्दा फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोर टोली ल्याएर शनिवार दिनभरी खोजी गरको भएपनि फेला नपरेको जानकारी दिंदै स्थानीय र प्रहरीको टोलीले अझै पनि खोजी कार्य जारी राखेको उनले बताए ।