आज सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ ।

बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य रु २,५३,३०० कायम गरिएको छ।

त्यस्तै, चाँदी प्रतितोला रु ३,६२५ मा कारोबार भइरहेको छ।बुधबार सुनको मूल्य रु २,५४,१०० र चाँदी रु ३,६५५ प्रतितोला थियो।