चितवनमा सिद्धबाबा कलेजकी विद्यार्थीको होटलबाट लडी मृत्यु

2.54k
Shares

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित सिद्धबाबा कलेजकी १८ वर्षीया विद्यार्थी स्नेहा पाख्रिनको चितवनमा मृत्यु भएको छ।

शैक्षिक भ्रमणका लागि सिन्धुलीबाट गएका विद्यार्थीको समूहसँगै चितवनको सौराहामा बसेकी पाख्रिन गएको राति करिब ११ :१० बजे रत्ननगर नगरपालिका–६, सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट लडेर गम्भीर घाइते भएकी थिइन्।
घाइते पाख्रिनलाई उपचारका लागि तत्कालै बकुलहर अस्पताल टाँडी लगिएको थियो। तर उपचारका क्रममा राति ११ : ४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

घटना इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको कार्यक्षेत्रभित्र पर्ने भएकाले प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।