जाडो याममा ओठ बचाउने तरिका


अहिले जाडो यामको मौसम छ । जाडोमा मानिसहरू अल्छी पनि हुने गर्दछ । त्यसैले कतिको हात खुट्टा फुट्ने, ओँठ फुट्ने गर्दछ । त्यसैले मानिसहरूका लागि जाडो याममा आफ्नो छाला बचाउन नै एक प्रकारको चुनौती हुन्छ पनि । चिसो हावाले छालाको नरमपना मोइस्चर खिँचेर लिन्छ । यसको सबैभन्दा बढी असर ओँठमै हुने गर्दछ ।

ओँठको छाला अरु छालाको तुलनामा धेरै पातलो, नरम र सेन्सिटिभ हुन्छ । तापमान, चिसो हावा र ड्राइनेसको कारण ओँठ छिटै फुट्ने, छाला निस्कने र घाउसमेत हुन्छ । ओँठ फुटेपछि यसले दुःख दिन्छ कहिले काहिँ त रगतसमेत आउँछ । यसले अनुहारको चमक नै रहँदैन । कसैसँग बोल्नु पर्दा पनि गाह«ै हुन्छ । छालाको डाक्टरको सल्लाहअनुसार यहाँ ओँठ बचाउने तरिका प्रस्तुत गरिएको छ ।

ओँठ फुट्नुको कारण

डिहाइडे«सन : चिसोको कारण जाडो महिनामा मानिसहरूले पानी पिउने कम गर्दछ । शरीरमा पानी चाहिने हुन्छ तर, कम पानी पिउने बानीले यसको सीधा असर शरीरमा डिहाइड्रेशन हुन जान्छ । यसले गर्दा ओँठको छाला पातलो हुने गर्दा सबैभन्दा असर पहिले यसैमा गर्दछ ।

चिसो हावा : जाडो याममा हावा पनि चिसो नै हुन्छ । यस्तो चिसो हावाले छिटै ओँठमा असर गर्दछ र ओँठ सुख्खा हुने र फुट्ने गर्दछ ।
पोषक तत्वको कमी : शरीरमा केही महत्वपूर्ण भिटामिन र मिनरलहरू जस्तै भिटामिन बीटू, भिटामिन बीथ्री, भिटामिन बीसिक्स, आइरन र जिंक्स कमीले पनि ओँठ फुट्न सक्छ ।

ओँठ फुट्नबाट बच्ने केही उपायहरू

-चिसो भएपनि दिनमा ८–१० पानी पिउने ।

-हर्बल टी, कागती पानी पनि पिउन सकिन्छ ।

-डाइटमा दुध, दही, अण्डा, दाल, हरियो सागपात खानु पर्दछ ।

-माछा, ओखर, फ्लेक्स सीडहरू खानु पर्दछ ।

-आइरन पालक, सखर र रेड मिटबाट पाउन सकिन्छ ।

-जिंक पाउन दाल र नटहरू खानु पर्दछ ।

-भिटामिन सी र ई ले भरपूर फलहरू जस्तै, सुन्तला, कीवी, स्ट्रबेरी खानाले पनि फाइदा हुन्छ ।

-नेचुरल लिप बामले पनि ओँठलाई फुट्नबाट जोगाउँछ ।

-धेरै तातो पानी प्रयोग नगर्ने, यसले छालाको नेचुरल मोइश्चर खिँच्ने गर्दछ ।