काठमाडौं ।
नबिल बैंकले यस वर्ष भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन प्रमुख विधामा अवार्ड प्राप्त गरेको छ । बैंकले ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट,’ ‘एक्सिलेन्स इन कन्ट्याक्ट लेस इश्युइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वाइरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा प्राप्त गरेको हो ।
अवार्ड ग्रहण गर्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले बताए। उनले बैंकका कार्ड धारक ग्राहक, व्यवसायी तथा कर्मचारीको योगदानले यो उपलब्धि सम्भव भएको र यसले बैंकलाई थप ऊर्जा दिएको बताए ।
भिसा इन्टरनेशनल नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ, जसमा बैंक र वित्तीय संस्थाका विभिन्न पहलहरूको मूल्यांकन गरिन्छ ।











प्रतिक्रिया