काठमाडौं।
केइएस, काठमाडौं जेभियर्स र हेम्स १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार च्यमम्पिय बनेका छन् । केइएस जुनियर ब्वाइज, काठमाडौं जेयिभर्स सिनियर गल्र्स र हेम्स सिनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।
जुनियर ब्वाइजको फाइनलमा केइएसले सनसाइनलाई २१–१० ले पराजित ग¥यो । विजेताका आयुश तिमल्सिनाले ११ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा काठमाडौं जेभियर्सले केइएसलाई २६–२५ को साँघुरो अन्तरले हरायो । विजयी टिमका लागि सुहानी बानियाँले १९ स्कोर गरिन् । सिनियर ब्वाइजको फाइनलमा हेम्सले मार्वलसलाई ४४–३१ ले पाखा लगायो । विजेताका आयुश रावल र आशुतोष यादवले समान १४–१४ स्कोर गरे ।
जुनियर ब्वाइजमा केइएसका विपुल भुजेल, सिनियर ब्वाइजमा हेम्सका आशुतोष यादव र सिनियर गल्र्समा काठमाडौं जेभियर्सकी सुहानी बानियाँ ‘मोस्टल भेलुएबल प्लेयर’ घोषित भए । जुुनियर ब्वाइजमा सनसाइनका जेनिश जोलाङ्गेल, सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वाह र सियिनर गल्र्समा केइएसकी तमन्ना थापा सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, आयोजक मध्य क्षेत्रीय प्याब्सनका अध्यक्ष धनप्रसाद सुब्बालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।











प्रतिक्रिया