बझाङ ।
बझाङको सदरमुकाम चैनपुर स्थित सुुदुर पश्चिमाञ्चल विद्या सदनका प्रधानाध्यापक सरस्वती ढुङ्गेल खत्रीले आफ्नो जन्मोत्सवको अवसरमा अनाथ बालबालिका लाई शैक्षिक साम्रागी र खाद्यान्न वितरण गरेकी छन् । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालयको सहयोगमा सञ्चालन गरिएको बझाङ्गको सबै भन्दा पुरानो विद्यालय सत्यवादी मा बि को छात्रबासमा रहेका २० जना अनाथ बालबालिकालाई चिसो छल्ल न्यानो लुगा कपडा र खाद्यान्न लगाएत सामाग्री वितरण गरि सहयोग गरेकी हुन्।


जन्मदिनमा फजुल खर्च गर्नुभन्दा अरू सँग सुख दुस्ख साट्न पाउदा आफुलाइ खुसी मिल्ने गरेको सुुदुर पश्चिमाञ्चल विद्या सदनका प्र अ सरस्वती ढुङ्गेल खत्रीले बताएकी छिन् । भविष्यमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
एउटा निजि शैक्षिक संस्थाले मानव सेवा कार्यमा लाग्नु श्रहानिय कार्य रहेको र शिक्षामा अनाथ बालबालिकाको पहुँच बिस्तार गर्न सहयोग पुगेको सत्यवादी माबिका प्रअ खगेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
चिसोको समयमा न्यानो कपडा लगाएतका शैक्षिक खाद्यान्न सामग्री पाएपछि बालबालिका खुसी हुदै प्रअ खत्रीलाइ टिका लगाएर जन्मदिन मनाएका थिए ।
बझाङ्गको सुुदुर पश्चिमाञ्चल विद्या सदन विद्यालयले मानव सेवा कार्यमा खटिदै आएको छ । २०७० सालमा बझाङ्गको सदरमुकाम चैनपुरमा स्थापना भएर पठनपाठन लाई निरन्तरता दिदै आएको उक्त विद्यालयले प्रत्येक वर्ष बझाङ्गका अनाथ नाबालक वृद्ध असहायहरूलाई सहयोग गर्दै आएको छ । यो कार्यप्रति परोपकारी मनकी धनी खत्रीको चौतर्फि चर्चा छ । उहाँलाई धेरै धेरै शुभकामना ।












प्रतिक्रिया