आफू प्रधानमन्त्री हुँदा गरेका ‘राम्रा काम’ जनतामा पुर्‍याउन नेता–कार्यकर्तालाई सह-संयोजक नेपालको निर्देशन


काठमाडौँ।

नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव नेपालले आफू र संयाेजक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताकोबीचमा लैजान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूहरूसहित सबै नेताहरूले गरेको काम जनताकोबीचमा लगेर राख्नुपर्नेमा जाेड दिएका हुन्। जेनजी आन्दोलनपछि संयाजक दाहाल र आफू राष्ट्रपति रामचन्द्र पाैडेल कहाँ गएर रातभरी बसेर संकटमा देश बचाउन भूमिका खेलेको समेत उनले जिकिर गरे।

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफ्नो मात्रै प्रशंसा चाहनेहरू पनि रहेको उनले टिप्पणी गरेका छन् । सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो बन्ने सह-संयाेजक नेपालकाे दावी रहेकाे हाे।