काठमाडौं।
पहिलो सिजनमा च्याम्पियन बनेको जनकपुर बोल्ट्सको दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल–२) मा शुरुआत खराब बनेको छ । जनकपुरले दुई खेल खेलेकोमा दुबै खेलमा जित हासिल गर्न सकेन । पहिलो खेलमा काठमाडौं गोर्खाजसँग हारेको जनकपुर सोमबारको खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजित भएको हो ।
विराटनगरले पहिले ब्याटिङ गर्दै १ सय ३६ रनको मध्यम लक्ष्य दिएपनि जनकपुरले त्यसलाई पछ्याउन सकेन । निर्धारित २० ओभसम्म खेल्दा टोलीले ९ विकेट गुमाउँदैं १ सय २६ रनमै हार स्विकार गरेको थियो ।
टोलीका लागि जान निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए । तर, उनी अन्तिम ओभरको पहिलो बलमा रन लिने जोखिम उठाउँदा आउट भएका थिए । उनी आउट हुनु नै जनकपुरलाई हार्न बाध्य तुल्याएको थियो ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले निकै किफायती बलिङ गर्नु पनि जनकपुरका लागि हार भएको थियो । प्लेयर अफ द म्याच भएका सन्दीपले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका थिए । योसँगैं विराटनगर किंग्स एनपीएल–२ मा अहिलेसम्म किंग नै साबित भइरहेको छ । विराटनगरले योसमेत गरी जारी प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।
यसअघि त्रिवि स्टेडियममा पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुुमाएर १ सय ३५ रन बनाएको थियो । टोलीका लागि जर्ज मुन्स िर मार्तिन गप्टिल क्रमशः १० र १३ रनमा आउट हुँदैं टोलीका लागि खासै योगदान दिन असफल भए । मध्यक्रममा बसिर अहमदले ३६ र शुभम् रन्जानेले ३७ रन बनाएर टोलीलाई उकासेका थिए । अन्यथा प्राय जसो खेलाडीले राम्रो खेल्न सकेका थिएनन् ।











प्रतिक्रिया