बाजुरा।
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. दुई दानसाँघुको एकै ठाउँमा दुईवटा पुल बन्ने भएका छन् । बुढीनन्दा नगरपालिकाको दानसाँघुमा १५ मिटर लामो मोटरएवल पुलको शिलान्यास सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहाले शनिवार साँझ उद्घाटन गरेका छन् । मन्त्री शाह “ जेन–जी आन्दोलन पश्चता अन्तरतह समन्वय र सहकार्य, योजना कार्यान्वयन र प्रगति समीक्षा, ऐन कानुनमा देखा परेका समस्या र जिल्लाको शान्तिशुरक्षा अवस्था बारे अनुभूति दिलाउन बाजुरा पुगेको बेला दानसाँघु पुलको उद्घाटन गरेको मुख्यमन्त्री शाहका पे्रस संयोजक डम्मर बलमले जानकारी दिए ।
मार्तडी–कोल्टी सडक खण्ड अन्तरगत पर्ने उक्त पुल निर्माणका लागि गत असार २० गते निर्माण कम्पनी पि.के. सि.पि.सि. एसी जेभि धनगढी ५ हसनपुर कैलालीसंग सम्झौता गरी सकेको छ । उक्त पुलको सम्झौता २०८४अषाढ २० गते भित्र सम्पन्न गर्ने गरी अषाढमै सम्झौता भईसकेको पूर्वाधार विकास कार्यालय अछामका कार्यालय प्रमुक डि. ई. जंगवहादुर थापाले जानकारी दिए ।
मार्तडी–कोल्टी सडक खण्ड अन्तरगत दानसाँघुमा पुल नहंदा नागरिकले सास्ती खेप्दै आएका छन् । प्रदेश सरकारले नागरिकको पिरमर्कालाई मध्यनजर गर्दै ६ करोड ३१ लाख ८५ हजार छ सय पचास रुपैंया बरावरको लागत ईष्टिमेट गरेको थियो । पि.के सि.पि.सि. एसी. जेभि धनगढी ५ हसनपुर कैलाली, (सुर्मासरोवर निर्माण कम्पनी ) ले तिन करोड ९३ लाख ७५ हजार तिन सय ९३ रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने गरी सम्झौता गरेको छ । वर्षा मौसममा कामगर्न नसेककोले अव मङ्सिर पहिलो सातादेखि उक्त पुल निर्माण गरी सम्भवतः आउँदो असारसम्म मोटरएवलपुल निर्माण गरिसक्ने निर्माण कम्पनी प्रतिबद्धता जाहेर गरेको छ । डिइ थापाले भने जसरी हामीले अनायी खोलाको पक्की पुल समयसिमा अगावै निर्माण सम्पन्न गरायौं । समय अगावै काम सम्पन्न गरी बोनस खाने त्यही कम्पनीले त्यसैगरी दानसाँघु पुल पनि आउँदो असाढ साउनमा सम्पन्न गर्ने छ , पूर्वाधार विकास प्रदेश निर्देशनालयका प्रमुख जगतप्रसाद जोशील भने । एकै ठाउँमा दोहोरा पुल बन्दा राज्यको धन दोहन हुन्छ ,हामी समय सीमाभित्र पुल निर्माण गरिसक्छौं,त्यहाँ वेलिबृज नराख्न भनेका थियौंं, तर ,सडक डिभिजन कार्यालय साँफेवगर अछामले केन्द्रको निर्देशन भन्दै गत भदौमा ठेक्का आह्वान गरी सम्झौता गरिसकेको छ निर्देशक जोशीले भने ।
२०८२ साउन२९ गते पूर्वाधार विकास कार्यालय अछामले च.नं ३१को प्रत्र पठाई बुढिनन्दा नगरपालिकाको दानसाघुमा मोटरएवल पुलनिर्माणका लागि ठेक्का सम्झौता भई कार्यान्वयन चरणमा रहेकोले त्यहाँ बेलिबृज निर्माण नगर्न भनि पत्राचार गरेका थियौं । केन्द्रको निर्देशन भन्दै सडक डिभिजन साँफेवगर अछामले ठेक्का प्रक्रिया अगाडि बढाएर भदौमा सम्झौता गराई सकेको छ ,पूर्वाधारविकास कार्यालय प्रमुख एबं ईन्ज्निीयर जँगबहादुर थापाले भने । गत बुधबार म आफै दानसँघु पुगेर पुलको किल्ला हान्दै थिएं , सोही साँझ नगर उप–प्रमुख रामवहादुर बोहराले दानसाँघुमा बेलिबृजको सिलान्यास गर्नुभयो , डि.ई. थापाले भने । उनले भने मानौ पक्की पुल आउँदो अषाढमा सम्पन्न गरिसक्यौं भने साउनमा वेलिबृज ओसार्नु परे के काम
?

सडक डिभिजन साँफेबगर अछामका सूचना अधिकारी शुभाष साहका अनुसार बडिमालिका नगरपालिका वडा नं ६ जडाङ्गा स्थित बुढिगंगानदीको बेलिव्रिज बुढिनन्दा नगरपालिकामा सार्ने कुरा भइरहेको थियो । संघबाट बजेट पनि आयो बुढीनन्दा नगरपालिकाले सिफारिस पनि ग¥यो । दोहोरो दवाव आउन थालेपछि सडक डिभिजन अछामले कार्यान्वयन गरेको हो । पूर्वाधार कार्यालयबाट दानसँघुमा पक्की पुल बन्ने चिठी त आएको थियो । तर पुल कहिले बन्छ ? ठेगान हुँदैन त्याहाँका नागरिकलाई सास्ती छ ।त्यसैले ट्याम्पे्ररिरुपमा बेलिबृज आवस्यक छ सूचना अधिकारी सहाले भने । उक्त बेलिव्रिज निर्माणका लागि दुई करोड २६ लाख रुपैंयाको लागतमा ठेक्का सदर भईसकेको छ । आगमी चैत्र महिना भित्र बेलिबृ्रज निर्माण गरिसक्ने टार्गेट छ ।यदि समय सिमामा भित्र निर्माण सकेन भने कार्वाही हुन्छ सूचना अधिकारी साहले भने ।
सदरमुकाम मार्तडी देखि उत्तरपर्वी चारवटा पालिका र छिमेकी जिल्ला हुम्ला र मुगुसंग जोडिएको मार्तडी–काल्टी सडकको सदरमुकाम मार्तडी प्रवेश गर्ने मुल प्रवेश द्वार मानिने बडिमालिका नगरपालिका वडा नं८को खर्रा स्थित बउली पुल अलपत्र परेको करिब पाँच वर्ष भयो । बाउलीमा पक्की पुल नुहुँदा वर्षादमा बडिमालिका नगपालिका वडा नं सात र आठ स्कुले वालवालिका लगायत जिल्लाका चार पालिकाका नागरिकलाई आवगमनमा निक्कै असहजता हुन्छ । कौसिक –जुगल –टिडिआर जेभी धनगढी कैलालीका नाममा सदर भएको ठेक्काको एपिजि थुति दिनुस् भन्दा उल्टै माथिबाट तिन पटक म्याद थपिएर आउँछ के गर्नु हुन्छ ? हालसम्म १० प्रतिसत पनि निर्माण कार्य भएको छैन । यतावाट ताकेता जान्छ माथिबाट म्याद थपेर आउँछ , हामीले के गर्ने ? सूचना अधिकारी साहले भने ।
दानसाँघुका एकै ठाउँमा तिन दिनको फरकमा दुईटा पूलको शिलान्यास गरेपछि अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भएका ेछ । “शिलान्यासका लागि विकास वा विकासका लागि सिलान्यास”,बाजुरेली जनता उल्टो हैनन्। विकासका लागि सोच्ने सैलीमा सरकार उल्टो भयो , वडिमालिका नगरपालिका वडा नं ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले भने ।
सदरमुकामको मुलढोकामा पुल नहुँदा हजारौं नागरिकलाई सास्ती भएको छ । दमनसाँघुमा पक्की पुल बन्ने त्योपनि अषाढ साउनमै सम्पन्न गर्ने विल्डर्सको प्रतिबद्धता छ । एकै ठाउँ दुईपुल निर्माण गर्नुभन्दा बेलिबृजको टड्कारो आवस्यकता बाउली खोलामा छ स्थानीय सरोकारवालको माग छ । वाउलीको ठेक्का तोडेर जडाङ्ग वासिन्दाका वासिन्दा सडकसञ्जाल , विकास आवस्यकताका आधारमा हुनुपर्छ न कि लहडमा जडाङ्गामा पक्कीपुल बनेको चार वर्ष भयो त्यहाँको बेलीवृज सराउन चारवर्ष सम्म कामनामा तेल हाल्ने । अहिले पक्की पुल बनाउन थाल्दा त्याउदै बेलिवृज ठोक्नु उपयुक्त छैन स्थानीय सरोकारवालको भनाई छ ।











प्रतिक्रिया