भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँको योगदान


काठमाडौँ ।

नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा निजी क्षेत्रका प्रतिष्ठित संस्थाहरूले उल्लेखनीय योगदान गरेका छन्।

आज आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री प्रणय कुमारले कम्पनीको तर्फबाट रु १,०१,००,००० (एक करोड एक लाख) बराबरको भौचर अर्थ मन्त्रालयमा अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे।

यसअघि, २०८२ मंसिर ३ गते एफवान सफ्ट ग्रुपअन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेंट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त तर्फबाट रु ७५,००,००० (पचहत्तर लाख) बराबरको चेक समूहका अध्यक्ष श्री सिद्धान्त ठकुरीले अर्थमन्त्री खनाललाई बुझाएका थिए।

दुवै योगदानदाताप्रति नेपाल सरकारको तर्फबाट अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनालले विशेष धन्यवाद व्यक्त गर्दै सहयोगले पुनर्निर्माण कार्यलाई गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल सरकारका अनुसार भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मंसिर ७ गतेसम्म कुल रु ९ करोड ३० लाख जम्मा भइसकेको छ।