काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरल रूपमा फैलिएको बताएका छन्। वाईसीएल नेपालको पेरिसडाँडामा शनिवार आयोजित कार्यक्रममा दाहालले भ्रष्टाचार देशका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै, सरकारमा हुँदा र नहुँदा पनि आफूहरूले आवाज उठाउँदै आएको तर अपेक्षित रूपमा सुन्न नपाएको बताए।
उहाँले आगामी निर्वाचनमा युवाहरुलाई बढी अवसर दिने कुरा पनि उल्लेख गर्दै, पार्टी र देशको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताए। दाहालका अनुसार पार्टी कमिटिहरूमा पनि युवाको सहभागिता बढाउने तयारी भइरहेको छ।











प्रतिक्रिया