सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली


बेलायत ।

बेलायत (युके) को स्कटल्याण्ड एडिनबरगको लिथस्थित हिमालयन सेन्टर फर आट्र्स एण्ड कल्चरको अस्तित्व संकटमा परेको बेला सम्पूर्ण यूकेवासी नेपालीहरू एकजुट भएका छन्। हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्था बेलायतमा नेपाली कला र संस्कृतिको प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने संस्थाका रुपमा परितिच छ । बिबिध कारणले यो संकटमा पर्दै गएको अवस्थामा बेलायतमा बस्ने नेपालीहरु यसलाई जोगाउने अभियानमा कम्मर कसेर लागेका छन् ।

लगभग ७ लाख पाउन्ड मूल्यको यस सांस्कृतिक नाकालाई दिगो बनाउन थालिने ठूलो राष्ट्रव्यापी अभियानले ऐतिहासिक रूप लिएको हुदा यस भवन लिलाम हुने स्थिति आउन अगावै केन्द्रको भविष्य सुरक्षित गर्न नयाँ अध्यक्ष मनीष खत्रीको नेतृत्वमा गठित बोर्डले नेपालीहरुको सो भवन बचाउने दुढ़ संकल्प गरेको छ। उहाँको नेतृत्वमा बोर्डले २ लाख ५० हजार पाउन्डको संकलन गर्ने लक्ष्य राखेको छ जस्मध्ये १ लाख ७० हजार पाउन्ड सङ्कलन भइसकेको छ ।

साथै सो भवनको लागि बैंकको मासिक किस्ता पनि तिरिरहिएको छ । केन्द्रको भविष्य सुनिश्चित गर्न अहिले ६७ हजार ४ सय २५पाउन्डको आवश्यकता रहेको छ। यस ऐतिहासिक अभियानमा अध्यक्ष मनीष खत्री, सचिव रिता गौतम, कोषाध्यक्ष पीटर डिप्नाराइन, निर्देशक शशी कार्की, राजेन्द्र बाम , कमला श्रेष्ठ र शिवा ढकललगायतको बोर्ड, सल्लाहकार समिति, साथै सरोज राज जोशी, मोती खरेल, श्याम लिम्बू, मीना शर्मा लगायत समुदायका अन्य थुप्रैको सहयोग र समर्पण उल्लेखनीय छ।

यो संस्था बचाउनका लागि भइरहेको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, महा सचिव दिवाकर पाण्डे , उपाध्यक्ष उज्वल कार्की , कमला श्रेष्ठ , राम प्रसाद कडेल , सचिव दयालु देवकोटा , नेपाल स्कटल्याण्ड एसोसिएसन अध्यक्ष विजय डंगोल लगायत स्कटल्याण्ड भरी र स्कटल्याण्ड बाहिरको बृहत सहभागिता थियो । हालै आयोजित एक बिशेष कार्यक्रममा १३० भन्दा बढी सहभागीहरूले समस्यामा परेको हिमालयन सेन्टर फर आट्र्स एण्ड कल्चरको दीर्घकालीन समाधानका लागि बिभिन्न सुझाव दिएका थिए ।

यो भवन सम्पूर्ण युकेवासी नेपालीहरूको लागि एउटा साझा घरको रूपमा रहेको छ। नेपाली भाषा कक्षा, सांस्कृतिक नृत्यका कार्यक्रम, विवाह, जन्मदिन समारोह लगायतका साना–ठूला सबै सांस्कृतिक चाडहरूको केन्द्रबिन्दु रहेको छ। यसले नै यस संस्थाप्रतिको समुदायमा रहेको गहिरो अनुराग र चासोलाई जनाउँछ। बोर्ड निर्देशक शशी कार्कीका अनुसार, “यूके मात्र होइन, नेपाल र अन्य देशहरूबाट पनि यस भवनलाई बचाउन लगानीकर्ताहरूको चासो बढेको छ।“ मात्र दुई महिनाभित्रै सङ्कलन अभियानले ठूलो गति समातेको छ।

यूकेकै सबैभन्दा ठूलो नेपाली संगठनहरूमा तमुधी यूकेले केन्द्रलाई २ हजार पाउन्ड दान दिइसकेको छ । हिमालयन सेन्टरको यो संघर्ष अब एउटा साधारण सङ्कलन अभियान भन्दा पनि, युकेवासी सम्पूर्ण नेपाली समुदायले आफ्नो सांस्कृतिक पहिचान र विरासतप्रतिको गहिरो प्रतिबद्धताको प्रतीक बनेको छ। एडिनबरगको यो एकटा घर बचाउने यो प्रयास सम्पूर्ण यूकेमा फैलिएको नेपाली समुदायलाई एउटा सूत्रमा बाँध्न सफल भएको छ, जसको अन्तिम लक्ष्य एकताबद्ध र समृद्ध सांस्कृतिक भविष्यको निर्माण गर्नु हो ।स्कट्ल्याण्डबाट शशी कार्कीको सहयोगमा हो ।