काठमाडौँ।
बंगलादेशमा गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा भएको मानवता विरुद्धको अपराधको लागि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले सोमबार फैसला सुनाएको हो। न्यायाधिकरणका अन्य दुई सदस्यहरूमा न्यायाधीश मोहम्मद शफिउल आलम महमूद र न्यायाधीश मोहितुल हक इनाम चौधरी छन्।
हसिना हाल भारतमा निर्वासनमा बसिरहेकी छन् ।हसिनासँगै पूर्वगृहमन्त्रीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । यो मुद्दामा पूर्वप्रहरी प्रमुखलाई भने ५ वर्षको जेल सजाय सुनाइएको छ ।
उनीहरूलाई प्रदर्शनकारीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको र उनीहरू विरुद्धको अत्याचार रोक्न असफल भएकोमा दोषी पाइएको थियो ।
अदालतले अभियुक्तहरू विरुद्धका सबै आरोपहरू पढेर सुनाएको थियो, जसमा प्रहरी कारबाहीमा भएको हिंसाको विस्तृत विवरण उल्लेख गरिएको थियो ।
हसिनाले दमनका सबै आरोप अस्वीकार गरेकी छन् । मुद्दा चलाइएका अभियुक्तहरूमध्ये, पूर्वप्रहरी प्रमुख अब्दुल्ला अल–मामून मात्र सजाय सुनाउने क्रममा उपस्थित थिए ।











प्रतिक्रिया