काठमाडौँ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री ससरोजकुमार यादवलाई सर्वोच्च अदालतते दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
सोमबार रकीप्रसाद यादवसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले ‘…सुविधा सन्तुलनको दृष्टिबाट यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म २०८२–७–२३ मा मुख्यमन्त्री नियुक्त मा. सरोजकुमार यादव र निजको सिफारिसमा सोही मितिमा गठन भएको मन्त्रिपरिषदबाट मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू, नगराउनू’ भनेको छ।











प्रतिक्रिया