“देशभर आजको मौसम पूर्वानुमान”


काठमाडौँ ।

देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी स्थानमा मौसम सफा रहनेछ। त्यस्तै, आज राति पनि गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा आकाश सामान्यतया सफा रहने अनुमान गरिएको छ।