मनमैजुबाट हातहतियार र गोलीसहित एक व्यक्ति पक्राउ


काठमाडौं ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले मनमैजुबाट हातहतियार र गोलीसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा मिति २०८२ साल कार्तिक १९ गते साँझ करिब ४:३० बजे तारकेश्वर नगरपालिका–११ मनमैजु लोकतान्त्रिक चोक नजिक लिला देवी श्रेष्ठको घरमा कोठा भाडामा बस्दै आएका कैलाली जिल्ला टिकापुर नगरपालिका–१ का २३ वर्षीय शिवराज धमलालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई जेन्जी आन्दोलनको क्रममा लुटपाट भएको हातहतियार र गोली लुकाइछिपाइ राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका धमलाबाट तल उल्लेखित हातहतियार र गोली बरामद गरिएको छः

बरामद सामग्रीहरूको विवरण:
१. ईन्सास राइफल (नाल नं. A10059) – १ थान
२. सर्टगन (नाल नं. 0114089) – १ थान
३. ठुलो चाइनिज पेस्तोल (Type–54, नाल नं. 55010723) – १ थान
४. SLR राइफलको निलो रङको ब्ल्याङ्क राउण्ड – २० थान
५. ईन्सास राइफलको म्याग्जिन – १ थान
६. ठुलो चाइनिज पेस्तोल (Type–54) को म्याग्जिन – २ थान

प्रहरीले पक्राउ परेका धमलामाथि थप अनुसन्धान अघि बढाएको छ।