पशुपति चौलागाई स्मृति अस्पतालविमा बापतको रकम नआउदा सङ्कटमा सेवा

2.91k
Shares

दोलखा ।

सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालले आर्थिक अभावकै बीचमा सेवालाई निरन्तरता दिई रहेको छ । न्युन आन्तरीक स्रोत भएको अस्पतालमा लामो समय देखि स्वास्थ्य विमा बापतको रकम प्राप्त नभएको र सरकारले पठाउनु पर्ने निशुल्क औषधि समेत उपलब्ध हुन नसक्दा अस्पतालले ठूलै आर्थिक अभाव झेलिरहेको अस्पताल सञ्चालक समिति अध्यक्ष सुवास रिमालको भनाई छ ।

अस्पतालको बारेमा केही गुनासो सुनिएको छ, अध्यक्ष रिमालले भन्नु भयो– सामाजिक सञ्जालमा आएजस्तो सबैकुरा ठप्प हैन, तर आर्थिक अभावका कारण स्वास्थ्य विमा गरिएका विरामीहरुलाई आवश्यक सबै प्रकारका औषधि भने उपलब्ध गराउन सकिएको छैन । अस्पतालले उपलब्ध गराउने अन्य सबैप्रकारका सेवामा भने निरन्तरता छ– रिमालले भन्नु भयो ।

अस्पतालको तथ्याङकमा विमा बोर्डले १५ महिना अघिदेखि स्वास्थ्य विमा बापतको ८४ लाख भन्दा बढी रकम भुक्तानी गर्न बाँकी देखिन्छ । केही समय अघि बोर्डले १० हजार भुक्तानी गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले गत बर्ष ४० लाखको औषधि खरीद गरेको तर यो बर्ष आर्थिक अभावकै कारण औषधि खरीद गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेसु) डा. लक्ष्मण खड्काको भनाई छ । त्यसैले विगत छ महिना देखि स्वास्थ्य विमा भएका विरामीहरुलाई सबै प्रकारको औषधि उपलब्ध गराउन सकिएको छैन– मेसु डा. खड्काले भन्नु भयो ।

हामी विमा बापतको रकम प्राप्त भएपछि औषधि खरीद गर्ने तयारीमा थियौ अस्पताल सञ्चालक समितिका अध्यक्ष रिमालले सुनाउनु भयो– तर विमा बोर्डले त ८४ लाख पठाउनु पर्नेमा १० हजार पो पठायो !
अस्पतालको बार्षिक आन्तरीक स्रोत लगभग तीन करोड हुने तर त्यो रकम विजुली शुल्क, कर्मचारी तलब लगायतमै खर्च गर्नुपर्ने अस्पताल स्रोतको भनाई छ । अझ सरकारले निशुल्क उपलब्ध गराउने आईरन, भिटामिन के, भिटामिन बि, कम्प्लेक्स, सिरिन्ज, ग्लोभस जस्ता ३२ प्रकारका औषधिमा कतिपय अतिआवश्यक औषधि समेत प्राप्त हुन नसक्दा अस्पतालले थप सङ्कट ब्यहोर्नु परेको स्रोतको भनाई छ ।

आवश्यक निशुल्क औषधिको लागि पटक– पटक माग फारम भरेर पठाईएको भएपनि सरकारले ती औषधिहरु उपलब्ध गराउन सकेको छैन– सञ्चालक समिति अध्यक्ष रिमालले भन्नु भयो ।सङ्कटका बावजुद अस्पतालले ओपिडिको अलवा एक्स– रे, भिडियो एक्स– रे, इसिजि, नर्मल डेलिभरी, सिएस डेलिभरी, दन्त सेवा, ओसिएमसि सेवा, खोप सेवा, परिवार नियोजन सेवा, जटिल सल्यकृया, अर्भवती जाँच, सुरक्षित गर्भपतन, हाडर्जोनी सेवा, डायलासिस सेवा, नाक– कान– घाँटी, छाला रोग, मानसिक रोग लगायतका सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ । उल्लेखित सेवाहरुमा केही निशुल्क र केही कम शुल्कमा सेवा उपलब्ध गराउदै आएको अस्पतालका मेसु डा. खड्काले बताउनु भयो ।

मासिक सरदर छ हजार विरामीले सेवा लिने पशुपति चौलागाई स्मृति अस्पतालमा एमडिजिपि, सर्जन र एमविविएस गरी १९ जना डक्टर र ५१ बेड रहेको छ । अस्पतालबाट १२ सय जना स्वास्थ्य विमामा आवद्ध विरामीले सेवा लिदै आएको र सात जनाले डाईलसिस सेवा लिने गरेको मेसु डा. लक्ष्मण खड्काले जानकारी दिनु भयो । भर्ना हुने विरामीहरुलाई अस्पतालले निशुल्क बेड र खानाको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा इकाई अन्र्तगतका विरामी र त्यस्ता विरामीको कुरुवाहरुलाई समेत निशुल्क खानाको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।