काठमाडौं ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङका क्रममा लागुऔषध (ला.प.से. र मादक पदार्थ (मा.प.से.) सेवन गरी सवारी साधन चलाउने नौ जना चालक ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८२ कार्तिक १९ गतेको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना चालक पक्राउ परेका हुन्। नियन्त्रणमा परेकामध्ये मादक पदार्थ सेवन गरी सार्वजनिक भाडाका सवारी चलाउने २ जना, विद्यालय बसका चालक २ जना र माइक्रो बसका चालक १ जना छन्। त्यस्तै लागुऔषध सेवन गरी भाडा बस चलाउँदै आएका ४ जना चालक पनि पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार नियन्त्रणमा परेका चालकहरूलाई आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।











प्रतिक्रिया