इनरुवामा ५० वर्षीय पुरुष र बुद्धभूमिमा १६ वर्षीय किशोर मृत अवस्थामा फेला


काठमाडौं ।

सुनसरीको इनरुवा नगरपालिका–३ सोमबारे हटियास्थित भवनमा इनरुवा–१ बस्ने करिब ५० वर्षीय विनोद साह मंगलबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ टिक्करडाँडामा बस्ने १६ वर्षीय प्रजल थारू माछा पोखरी छेउमा मंगलबार मृत भेटिएका छन्।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।