काठमाडौं ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
कैलालीको गोदावरीमा बसको ठक्करबाट ८० वर्षीया दिलमाया श्रीस, काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटनामा चालक किसिम राई, सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा अजाबुल मिया, र कपिलवस्तुको कृष्णनगरमा स्कार्पियोको ठक्करबाट शिवप्रसाद चौधरीको मृत्यु भएको हो ।
त्यस्तै, कपिलवस्तुको वाणगंगामा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा हेमन्त गुरूङको ज्यान गएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले चालक नियन्त्रण र फरार रहेका चालकको खोजी गर्दै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











प्रतिक्रिया