देशभरबाट २४ जना लागूऔषधसहित पक्राउ


काठमाडौं ।

देशभरका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २४ जना पक्राउ परेका छन्।

काठमाडौंको चिकंमुगलबाट चरेश जस्तो देखिने ९९४ ग्राम पदार्थसहित एक जना, सुनसरी, मोरङ, कास्की, झापा, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर र सुर्खेतलगायत जिल्लाबाट ब्राउनसुगर, खैरो हेरोइन र ट्रामाडोलजस्ता लागूऔषधसहित अन्य २३ जना पक्राउ परेका हुन्। पक्राउ परेकासँग केही नगद रकम पनि फेला परेको प्रहरीले जनाएको छ।

सबै घटनामा सम्बन्धित जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोली खटिएको थियो। प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।