डिभिजनल वन अधिकृत श्रेष्ठको अवैध कमाइ झन्डै डेढ करोड

2.73k
Shares

काठमाडौं ।

डिभिजन वन अधिकृत दानबहादुर श्रेष्ठले सरकारी जागिरमा रहँदाको २८ वर्षमा अनियमितता गरी झन्डै डेढ करोड रुपियाँ आम्दानी गरेको पाइएको छ ।

डिभिजन वन कार्यालय, इलाममा डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह) पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत श्रेष्ठले पदको दुरुपयोग गरी सो रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ । वि.सं. २०४६ असार २६ गते सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठले सम्पति विवरण बुझाएको समय २०८० फागुण १६ गतेसम्मको अवधिमा सो सम्पति आर्जन गरेको तथ्य छानबिनका क्रममा खुलेको हो । श्रेष्ठको जीवनशैली अस्वाभाविक, पदको हैसियतअनुसार अमिल्दो भएको आशंका गरी आयोगमा उजुरी परेको थियो । उजुरी परेको महिनौं दिनपछि आयोगले छानबिन गर्दा सो स्थिति पाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताउनुभयो ।

श्रेष्ठले कमाएको १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपियाँ ५२ पैसा बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले भ्र्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जागिरे अवधिमा कमाएको र खर्च गरेकोबीच तारतम्यता नदेखिएको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएपछि मुद्दा दायर गरेको प्रवक्ता पौडेलको भनाइ रहेको छ ।

आयोगले श्रेष्ठको पारिश्रमिक÷तलब बचत, दैनिक भ्रमण भत्ता, छोराको पारिश्रमिक÷तलब बचत, भत्ताबापत, श्रीमतीको बिमा अभिकर्ता कमिसनबापत, छोरीको पारिश्रमिक, बुहारीले प्राप्त गरेको पारिश्रमिक रकम, घर÷जग्गा बिक्री आय, ऋण÷सापटी लिएको, घर÷जग्गा बहाल आय, सेयर बिक्रीबाट, बिमा परिपक्क÷समर्पण आय, ब्याज आय, वन पैदावार बिक्रीबापतको आय, कृषिआयलाई समग्र आयको रूपमा आधार लिइएको थियो । ती समग्र स्रोतबाट (२ करोड १६ लाख ८५ हजार ५ सय ५७ रुपिया“ छयानब्बे पैसा मात्र) आर्जन गरेको आयोगले जनाएको छ ।

यसै गरी सो अवधिमा ३ करोड ६० लाख ४ हजार ४ सय ९५ रुपियाँ ४८ पैसा मात्र) व्यय खर्च देखिएको आयोगले जनाएको छ । व्ययतर्फ जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारी साधन खरिद, सुन÷चाँदी खरिद, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, विवाह÷पास्नी÷उपहारमा खर्च, ऋण तिरेको, व्यवसाय÷कम्पनीको लगानी, विद्युतीय उपकरण खरिद, बैंक मौज्दात, विदेश भ्रमण खर्चबापतको रकम भनी वर्गीकरण गरिएको छ ।