काठमाडौँ।
नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको नयाँ बानेश्वमा छुट्टै भेला सुरु भएको छ । महाधिवेशनको मिति तोक्न इतर पक्षले दबाब बढाउँदै जाँदा केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।
कांग्रस केन्द्रीय सदस्य नैनसिंहका अनुसार १५औं महाधिवेशनमा कुन तरिकाले जाने, निकास के होला भनेर छलफल गर्न लागिएको हो।
आनन्दभूमि ब्यांक्वेटमा जारी भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन माग गर्ने तयारी छ ।
केन्द्रीय सदस्य गुरू बरालले भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने बताए ।भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने उनले जानकारी दिए ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरूले फागुन २१ गते हुने निर्वाचनअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिएपछि कांग्रेस केन्द्रीय समितति बैठक रोकिएको छ ।











प्रतिक्रिया