चितवन।
चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ -काठमाडौँ खण्डको चुमखोला नजिक सुख्खा पहिरो खस्दा आइतबार राति बाटो दुवै तर्फी अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार राति करिब ९ः०५ बजे सो स्थानमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरूपमा रोकिएको हो।
खनालका अनुसार सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने कार्य जारी छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी चौकी फिस्लिङबाट प्रहरी र ट्राफिक टोली खटाइएको छ।
खनालका अनुसार अबको करिब एक घण्टा भित्र सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया