नर्सिङ आन्दोलनका मागमा निर्णायक भनिएको बार्ता फेरि रोकियो


काठमाडौं ।

नर्सिङ आन्दोलनका माग सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिवार बिहान साढे १० बजेबाट सुरु भएको निर्णायक भनिएको बार्ता फेरि रोकिएको छ।

स्रोतका अनुसार सहमतिका लागि अघि सारिएका प्रस्तावमा असहमति जनाउँदै आन्दोलनरत नर्सहरूको तर्फबाट सहभागी ज्योति रानाभाट बार्ता कक्षबाट बाहिरिएपछि वार्ता स्थगित जस्तै बनेको हो।

रानाभाट बाहिरिएपछि निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन र निजी अस्पतालका प्रतिनिधिहरू पनि वार्ता हलबाट बाहिरिएका छन्। उनीहरू अहिले स्वास्थ्य मन्त्रीको कार्यकक्षमा गएर थप छलफल गरिरहेका छन्।
बार्तामा सहभागी एक सदस्यका अनुसार, “मन्त्रीज्यू र सचिवज्यूसँग केही छलफलपछि पुनः वार्ता बस्ने वातावरण बन्न सक्छ,” भनेका छन्।

गएको रात स्वास्थ्य मन्त्री डा। सुधा शर्माले निजी मेडिकल कलेजका नर्सहरूका लागि सरकारी तलब बराबर ९१०० प्रतिशत० र निजी अस्पतालका नर्सहरूका लागि कम्तीमा ८० प्रतिशत तलब लागू गर्नुपर्ने प्रस्ताव अघि सारेकी थिइन्। तर, निजी मेडिकल कलेज सञ्चालकहरूले तत्काल कार्यान्वयन सम्भव नभएको भन्दै केही समयपछि कार्यविधि बनाएर टुंगो लगाउने प्रस्ताव गरेका छन्।

यस प्रस्तावप्रति नर्स प्रतिनिधिहरूले आपत्ति जनाउँदै “सतप्रतिशत तलब तत्कालै लागू हुनुपर्छ” भन्ने अडान दोहोर्‍याएपछि वार्तामा पुनः गाँठो परेको हो।

यता, निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष डा। ज्ञानेन्द्रमान सिंह कार्कीले बार्ता स्थगित नभएको दाबी गर्दै भने, “बार्ता चलिरहेको छ। नर्सहरूको धारणा सुनेपछि अहिले मन्त्रीज्यू र सचिवज्यूहरूसँग छलफल भइरहेको छ।”