धादिङ ।
केही दिन अघि धादिङमा सम्भवतः नेपालमै ठूलो पारिजातको जंगल भेटियो भन्ने खबर डिभिजन बन कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यले सुनाए ।
हामी समाचार लेख्नेहनेहरुले सुरुवा यस्ता जंगल धेरै भेटिन्छन् भनेर वेवास्ता गर्यौं तर पारिजातको जंगल हुनु भनेको धार्मिक र आयुर्वेदिक रुपमा महत्त्वपूर्ण रहेको जानकारहरुको भनाइ आएपछि संचारकर्मीहरुको एक टोली जंगल हेर्न र समाचार बन्ने खालको जंगल भए समाचार लेख्ने उद्देश्यले सो स्थानतिर गयौँ ।
दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० मौवाखोला पुगेर महाभारतको डाडातिर उकालो लागियो ।
वर्षले विगरेको बाटो, भरखर सवारी साधनहरु हिड्नमात्र थालेको मौवाखोला हुँदै माथितिर लागेपछि माथि डाँडामा पुगेर हामी चढेका सवारी साधन रोबेनिघाटरोराङ गाउँपालिका वातावरण शाखाका प्रमुख मणिराज गुरुङ, आयुरवेदविज्ञ राम सिग्देल संचारकर्मीहरु र संरक्षणमा जुटेका उपभोक्ताहरु भेला भयौँ ।
तल पृथ्वीराजमार्ग, अनि त्रिशूली नदी, ठाडो भिरमा बाटोमात्र निकालेर बनाइएको सडकमा ढलान गरिएको र एउटा डाँडातर्फ गाउँबासी बजारतर्फ झर्ने गोरेटो बाटो । हामी केही सालका रुख समेत भएको बाटोबाट तलतिर झर्न थाल्यौँ ।
अलि तल्लो डाँडातिर झर्न थालेपछि एक किसिमको मन्द बास्ना आउन थाल्यो । बाटोमा सेताम्मे फूलदेखि । सुन्तला रङको भेट्नो, मसिना र सुगन्धित फूल बाटोभरी भेटिए । दायाँबायाँ खस्रो पात भएका रुखमा सुगन्धमय फूल र फूल फुल्दै गरेका कोपिला अनि देखिएको जंगलजति सबै देबवृक्षले चिनिने पारिजात भेटियो । संचारकर्मीहरु यति धेरै पारिजात भेटिएपछि तस्बिर कैद गर्न लागे । भिडियोहरु खिच्न थाले । एउटा समूह तल भञ्ज्याङपुग्दा पनि संचारकर्मीको एक समूह जंगलमै हराएरहेका थिए ।
भुइँमा झरेका पारिजाता फुलीजस्ता फूल टिपेर हातभरी लिएर फोटो खिच्ने सबैजनाको रहर यही पुगेपछि सबैले पुरा गरे ।
२-४ ओटा बुट्यानहरु होला भनेर पुगेकाहरु हौसिए । पारिजातको बारेमा बल्ल संचारकर्मीहरुको जिज्ञासा सुरु भयो ।
बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङस्थित मोवाखोला सामुदायिक वनमा प्राकृतिक सुन्दरता, हरियाली र आकर्षक वनक्षेत्रका लागि चिनिएको पारिजात जंगललाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित उपभोक्ताहरुले एक वर्षदेखि संरक्षण गर्दै आउनु भएको उपभोक्ता होमराज घलेले बताए ।

वनभित्र लगभग १ दशमलब ८ हेक्टर क्षेत्रफलमा फैलिएको सुन्दर पारिजात जंगललाई संरक्षण गर्न समूदायलाई हौसला र उत्प्रेरणा दिँदै डिभिजन बन कार्यालयले देबवृक्ष जंगल संरक्षण गर्दै समूदायलाई आयआर्जनमा सघाउन लागि लागेको डिभिजन बन प्रमुख आचार्यले बताए ।
पारिजात जंगल क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि योजना तयार पारिने र आगामी वर्षदेखि चरणबद्ध रूपमा कार्यान्वयन सुरु गरिने तयारी भइरहेको छ। पारिजात जंगललाई आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । जहाँ वर्षैभरि हरियाली, शुद्ध हावा र रमणीय दृश्यावलोकनका कारण आगन्तुकहरू आकर्षित हुने आशा गरिएको छ ।
पदमार्ग निर्माण, विश्रामस्थल, दृश्यावलोकन टावर, सूचना पाटी, सुरक्षाको व्यवस्था भएमा पर्यटक मात्र नभएर धार्मिक रुपपले समेत यस क्षेत्रमा श्रद्धालुहरु आउने छन् ।
पारिजात जस्ता दुर्लभ वनस्पति पाइने ठाउँलाई संरक्षण गर्न सकिएमा स्थानीय आर्थिक उन्नति, रोजगारी सिर्जना र सामुदायिक सहभागिता बढ्ने कुरामा सञ्चारकर्मीहरूले यस्तो प्राकृतिक सम्पदाको प्रवर्द्धनमा भूमिका खेल्ने संचारकर्मीहरुले समेत प्रतिबद्धता समेत जनाएका छन् ।
परम्परागत रुपमा सामुदायिक बन पालेपछि पारिजात महत्त्वपूर्ण छ भन्ने जानकारी पाएपछि संरक्षण गरेर गाेडमेल, अन्य बिरुवा हटाउने लगायतका काम गरिएकाे उपभोक्ता साेमबहादुर चेपाङले बताए । पारिजातको पात र बोक्रा पकाएर (क्वाथ) सेवन गर्दा रुघाखाेकी निकाे हुने, वातावरण शुद्ध हुने, सुगन्ध फैलिने भयकोले यसकाे महत्त्व बढेको आयुर्वेदका ज्ञाता राम सिग्देलको भनाइ छ ।

स्थानीय सरकारकाे तर्फबाट उपभोक्ता समितिमार्फत पारिजात संरक्षण गरेर पर्यावरण संरक्षणमा काम गर्ने बेनिघाटराेराङ गाउँपालिका वातावरण शाखा प्रमुख मणिरज गुरुङले बताए ।
स्वर्गबाट आएको पारिजात उत्कृष्ट बास्ना आउने, जडिबुटी चिया खाँँदा फाईदा पुग्ने, पखाला र ज्वराे निकापार्ने वृक्ष ठुलाे जंगल सबै मिलेर संरक्षण गर्नुपर्ने डिभिजन बन प्रमुख आचार्यको भनाइ छ ।











प्रतिक्रिया