काठमाडौँ।
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। रानाभाटले बुधवार आईजीपीको सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जनाएकाे छ।
रानाभाट २०५८ सालमा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका थिए । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिंदा उनी पनि बढुवा भएका थिए । उनी सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए ।
परिवारका सबै सदस्य लण्डनमा बसोबास गर्ने र परिवारसँगै बस्ने इच्छाका कारण राजीनामा दिएको रानाभाटले भनाइ छ।











प्रतिक्रिया