जेन जी आम्दोलनका घाइतेलाई रामेछाप प्रशासनले परिचय पत्र बितरण गर्ने


रामेछाप ।

जेन जी आम्दोलनका घाइतेलाई रामेछाप प्रशासनले परिचय पत्र बितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार सूचना जारि गदैँ आम्दोलनका घाइतेहरुलाई वडाको सिफारिस सहित सम्पर्कमा आउन भनेको छ । प्रशासकिय अधिकृत प्रकाश प्रधानले हस्ताक्षर गरेको सूचनामा घाइतेहरूको नामावली सार्वजनिक गरिएको छ ।

गृह मन्त्रालयबाट प्राप्त नामावलीअनुसार रामेछापका घाइतेहरूमा विशाल तामाङ, बम बहादुर खत्री, सन्देश तामाङ, कुशल केसी, युवराज श्रेष्ठ, सुभाष श्रेष्ठ, धन नारायण श्रेष्ठ, जीवन बोगटी, सुमन श्रेष्ठ, प्रबिन तामाङ, रामकृष्ण खड्का, श्रबन श्रेष्ठ र राजेश बुढाथोकी रहेका छन्।

सूचनामा उल्लेख भएअनुसार, यी व्यक्तिहरूले परिचयपत्र वितरणका लागि आफू उपचाररत अस्पतालको कागजात, नागरिकताको प्रमाणपत्र र सम्बन्धित वडाको सिफारिसपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने उल्लेख छ ।
परिचय पत्र बितरण पश्चात गृह मन्त्रालयबाट प्राप्त राहत समेत बितरण गरिने उल्लेख छ ।