पोखरामा हिमपात र हिउँडे मौसमबारे सचेत रहन प्रशासनको अनुरोध


काठमाडौं ।

कास्की जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र हिउँडे मौसम नजिकिँदै गएपछि सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार कात्तिक १० देखि १२ गतेसम्म गण्डकी प्रदेशका उच्च स्थानमा हिमपात हुने सम्भावना रहेकाले यात्रु, पर्यटक र स्थानीयलाई सचेत रहन अनुरोध गरिएको हो।

प्रशासनले उच्च हिमाली क्षेत्रतर्फ यात्रा गर्नुअघि मौसमको जानकारी लिएर मात्र यात्रा गर्न, अत्यावश्यक तयारीसहित जाने, र शरीरको अनुकूलन (acclimatization) बिना एक्कासि उचाइ बढाउँदा स्वास्थ्य समस्या हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

त्यस्तै, स्वास्थ्यमा समस्या आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न, औषधि तथा आवश्यक सामग्री साथमा लैजान, र जोखिमपूर्ण स्थानमा अनावश्यक रुपमा नजान आग्रह गरिएको छ।

जिल्ला प्रशासनले आपतकालीन अवस्थामा सम्पर्कका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आपतकालीन सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ।