देउवा दम्पती उपचारका लागि सिंगापुर गए


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका छन्। गएराती उनीहरू सिंगापुर प्रस्थान गरेका हुन्।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा दम्पतीमाथि कुटपिट गरेका थिए। सो क्रममा धारिलो हतियार प्रयोग हुँदा सभापति देउवाको टाउकोको पछाडि चोट लागेको र १२ टाँका लगाइएको थियो।

देउवाको यसअघि लामो समयसम्म छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो। चिकित्सकको सिफारिसअनुसार उनीहरू थप उपचारका लागि सिंगापुर गएका हुन्।