काठमाडौँ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनी घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष तथा पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध आइतबार रिट निवेदन दायर गरेका हुन् ।
रिटमा आयोगका पदाधिकारीहरूले न्यायिक विवेक प्रयोग गर्नुपर्ने भए पनि घटनाबारे पहिले नै धारणा बनाइसकेका कारण निष्पक्ष रूपमा काम गर्न नसक्ने दाबी गरिएको छ। अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन रिटमा माग गरिएको छ।
रिट पेस भएपनि दर्ता भने भएको छैन।
सरकारले जेनजी आन्दोलनपछिका जनधनको क्षति र आगजनी घटनाको अनुसन्धानका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।











प्रतिक्रिया