नवलपरासी।
जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा धारिलो हतियार प्रयोग तथा कुटपिटबाट शुक्रवार २ जनाको हत्या भएको छ ।
प्रहरीका अनुसार पूर्वी क्षेत्र गैडाकाेट ४ धारापानीमा धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय नारायण कुमालको हत्या भएको प्रहरीले जनाएको छ ।
कुमालको हत्या कसले गरेको हाे यकिन भई नसकेको र हत्याराको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालले बताए ।
धारिलो हतियार प्रयाेगबाट घाइते भएका कुमालको चितवनकाे भरतपुर स्थित सरकारी अस्पतालमा दिउँसो सवा १ बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
घटनापछि प्रहरीले ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएको छ ।
यस्तै पश्चिम विनयी त्रिवेणी गाउँपालिकामा गए रात स्थानीयकाे घरमा भैलि खेल्ने मध्येका केही युवाले छिमेकीलाई कुटपिट गरी घाइते बनाएका थिए ।
देउसी भैलाे खेल्नेहरूलाई अपशब्द प्रयोग गरेको भन्दै युवा जाईलाग्दा विनयी ४ गाेम्दी स्थित दुमकट्टा ४४ वर्षीय सन्तबहादुर ठाडा मगर गंभीर घाइते भएका थिए।
कुटपिटबाट घाइते भएका ठाडा मगरलाई उपचारका लागि लुम्बिनी मेडिकल बगैँचा लगिएकोमा उनकाे त्यही मृत्यु भएको प्रनाउ नेपालले बताए ।
घटना पश्चात् प्रहरीले स्थानीय १९ वर्षका रिङ्कु गुरूङ्ग, २० वर्षीय धरन पाईजा र अर्का १ बालकसहित ३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।











प्रतिक्रिया