पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी : अध्यक्ष नेपाल


काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् ।

एक आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए ।

उहाँले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए ।

उहाँले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरे