गाडीको ठक्करबाट १ जनाको ज्यान गयो, स्थानीयद्वारा राजमार्ग अवरुद्ध


काठमाडौं ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा गाडीले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।

बिहीबार बिहानै भएको उक्त दुर्घटनामा मंगलपुरका ३५ वर्षीय बुद्ध लिम्बुको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

लिम्बुलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । मृतक लिम्बुको शव घटनास्थलमै रहेको स्थानीयले बताएका छन् ।