काठमाडाैं ।
तीनकुनेमा राजावादीको हिंसात्मक घटनाले देशका नागरिक र सरकारका लागि ठूलो चुनौती सिर्जना गरेको छ ।
यो घटनाले नेपालका राजनीतिक, सामाजिक र सांस्कृतिक संवेदनशीलता प्रकट गरेको छ। राजावादी र गणतन्त्रबादीहरूको बीचको विरोधाभास र विचारधारात्मक संघर्ष अझ जटिल भएको छ। एकातिर हिंसा र अराजकता, अर्कातिर शान्तिपूर्ण आन्दोलन र लोकतन्त्रका पक्षधरहरूको तर्क। यस घटनाले जनतालाई एकातिर डर र अन्यतिर असन्तोषको भावनाले भरिपूर्ण बनाएको छ।
सरकारको तयारीको असफलता र यसको व्यवस्थापनको कमीले अझ सरकार र देशको भविष्यका लागि चिन्ता उत्पन्न गरेको छ। दुई तिहाईको गठबन्धन सरकार भएको अवस्थामा पनि स्थिति व्यवस्थापनमा कसरत र तत्परता नदेखिनु यो आफैमा एउटा ठूलो प्रश्न खडा गरेको छ । नेपालका नागरिकलाई शान्ति र स्थिरता चाहिन्छ र यस घटनाले यो सुनिश्चित गर्न अझ सशक्त कदम चाल्नुपर्ने आवश्यकताको महसुस गराएको छ।
ऐकैदिनको दुई फरक प्रदर्शन – हिंस्रक राजावादी भर्सेस शान्ति र मर्यादित गणतान्त्रवादी
हामीले हिजो जे देख्यौँ। तीन कुनेको तीन विचित्र – अराजक ज्ञानेन्द्र शाह, राजापार्टी, र हिंस्रक दुर्गाप्रसाद र अर्कातिर भृकुटीमण्डपमा लोकतन्त्रको प्रदर्शन, शान्ति र मर्यादित रुपमा सम्पन्न भयो । राजावादीको प्रदर्शन पूर्ण हिंसात्मक बन्यो। राजावादी रणभूमि तीनकुनेले दुई जनाको ज्यानै गयो र सयौँ घाइते बने। करौंडोको निजी र सार्वजनिक सम्पत्ति नष्ट गरे। सञ्चार गृह, पार्टी कार्यालय, व्यापारिक केन्द्र, औसधि कारखाना लागायत सावारी साधन ध्वस्त गरे। ढुंगामुडा, अश्लील शब्द, हुलडबाजि अपनाउदै सुरक्षाघेरा तोड्ने प्रयास भयो। कयैं सुरक्षाकर्मी घाईते बनाईयो। यो अराजकताको पराकास्ट हो। राजाबादि मन्चमा बसेका केही नेताहरु प्रदर्शनकारिलाई सुरक्षा घेरा तोडन उक्साईरहे, परिस्थिति तनाबग्रस्त हुदै गर्दा आफुहरुचांहि सुटुक्क भागे। उग्र भिडले उनकै नेताहरुलाई आक्रमण गर्ने मोडमा पुगिसकेको पनि केही भिडियो फुटेजबाट अनुमान गर्न सकिन्छ। किनकि राजाबादिहरुको यो आन्दोलन शान्ति, सदभाब र परिवर्तन भाको भए त, तेस्तै स्वभाब र शैलिका नेता, कार्यकर्ता र जनता उपस्थित हुन्थे होलान। सरकारका वा ब्वास्थाको कमजोरि बारे शालिन, सब्भ र संवेदनशिल बहस हुनसकिन्थयो होलाल? नीच, अराजक, क्रुर, सामन्ती राजा, तिनका भरोटे नेता, र मन्डले कार्यकर्ता बाट त्यति नै हुने हो दैखिने र भोग्ने हो।
उता गणतन्त्रबादिहरु शान्तिपुरण, बिचारयोग्य र सदभावपुर्ण सम्पन्न भयो। सहभागितामा सुरक्षाकर्मीको बिचमा सामान्य बिबाद पनि बनेन। बाजागाजा, झाँकी, गीत सङ्गीत, नृत्य सहित बेजोड आत्मबलको साथ सम्पन्न गरे। हरेक सहभागीमा लोकतान्त्रिक शैली, आचरण, र गणतान्त्रिक मुल्य मान्यता को पुर्न अपनत्व झलकिन्थ्यो। नेताहारु गणतन्त्रलाई संस्थागत गर्ने सवाल आफूहरू विगतमा केही चुकेको र कमजोर गरेको कुरा जनतामा नढाटि आत्मआलोचना गर्दै तिय। जनता पनि आफ्ना नेतालाई जबाफदेही बनाउन खुलेर आलोचना गरेकै देखियो। नेता नसच्चिय नयां नेतृत्व परिवर्तन गर्ने तर लोकतन्त्रलाई जसरी पनि जोगाउने प्रणका साथ।
सरकारको कमजोर तयारी
सरकारको तयारी पूर्णरुपमा असफल देखियो। सम्भावित विपतको आंकलन, प्रतिकार र व्यवस्थापन गर्न सक्ने तयारी र इच्छाशक्ति कतै देखिएन। दुई तिहाईको बलशाली सरकार इतिहासकै सबै भन्दा अल्पमतको सरकार को जति पनि होसियार, तत्परता देखिएन। प्रधानमन्त्रि, गृहमन्त्री र अन्य मन्त्रालयको बिचमा संयोजन, सहकार्य र विश्वास को वातावरण देखिएन। राजाबादि आन्दोलनप्रति सरकारमा सहभागी दलहरु को बिचमा आपसि समझदारि वा साझा धारणा पनि दैखियन। संसद अनिर्णयको बन्दि बन्यो। कुलनमान प्रकरणले सरकारले रन्केको रागोमा घ्युउ धप्ने काम गर्यो। आफैले ल्याएको अध्यायदेश संसदमा अनिस्चित प्रमाणिकरन होला जस्तो भईसकेको अवस्था छ। सम्रगमा सरकार जनतालाई शान्ति अमनचैन दिनबाट नराम्ररि चुक्यो। राजबादिका कतिपय मुद्दा जो जनताको प्रतक्ष्य सरोकारका बिसय पनि हुन, सरकारले सम्बोधन गर्नत परै जाउस, स्टन्टबाजि मै रमाईरयो। संसदका प्रतिपक्ष्य पार्टिहरु एकोहोरो सरकारको उछितो काट्नै समय खर्चियो, नकि जनताको डेलिभरीमा।
राजावादी आन्दोलनको परिणाम र कारबाही
षड्यन्त्र, हत्या, हिंसात्मक, अराजक, र प्रतिक्रान्ति राजावादीहरू नेपाललाई पुनः अधिनायकवादी राज्य बनाउने षड्यन्त्रमा छन्। सडकमा हिंसा, आगजनी, तोडफोड गर्दै उनीहरू आतङ्क फैलाइरहेका छन्। ज्ञानेन्द्र शाह नागार्जुन दरबारभित्र सुरक्षित बसेर बाहिर जनतालाई भड्काउने, हिंसा मच्चाउने, अस्थिरता ल्याउने खेल खेल्दछन्। राजतन्त्रको कुनै विकल्प छैन भन्ने सपना देख्नेहरू देशलाई पुनः अधोगतितर्फ धकेल्ने प्रयास गर्दै छन्। राजावादी पार्टीहरु घरमै बसी बसी, लुकिलुकी सामाजिक सञ्जालमार्फत जनता उक्साए। सडकमा आउने हिम्मत गरेन। ज्ञानेन्द्र शाह र उनका छांया तत्वहरु राप्रपा, राप्रपा नेपाल, केही धार्मिक संगठन, र अन्य पाखण्डी धर्मगुरु जो विवादित छन, निरन्तर जनता उक्साई रहे। फलस्वरूप परिणाम हिंसात्मक बन्यो।
अब के गर्ने त र?
ज्ञानेन्द्र शाहलाई केवल नागार्जुन दरबारमा नजरबन्द गर्नु अपर्याप्त छ १ शान्ति, कानुनी शासन, र लोकतान्त्रिक मूल्य जोगाउन उनलाई स्थायी रूपमा जेलमा राख्न कानुनी प्रक्रिया अघि बढाउनुपर्छ १ रवीन्द्र मिस्र, नवराज सुवेदी, धवलसमशेर, दुर्गा प्रसाईँ, कमल थापा, राजेन्द्रलिंदेन, लगायत, सम्पुरण अराजक प्रवृत्तिलाई छानबिन गरी तुरुन्त कारबाही गर्न जरुरी छ। सरकारले पूर्वराजा शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मीमा सिमित गरेको साकारात्मक छ। माहनगरले ज्ञानेन्द्र को नाममा कारबाही स्वरूप जरिवाना काटेको मा पनि सदुबाद। सरकारले सो कार्यान्वयन गर्न मेयर बालेलाई पूर्ण सहयोग गर्नु पर्छ। सकारले हिजो सञ्चार गृह मा अनुगमन गर्यो जुन राम्रै हो, तर मृतक को परिवार, घाइते जनता र सुरक्षाकर्मी को बारेमा खासै चासो दुखाएन, जुन जरुरी छ।
देश किन यो मोड आयो त र? लोकतन्त्रको अभ्यासलाई धमिल्याउने खेल कसले खेल्यो
गणतन्त्र स्थापना भएको १६ वर्षपछि पनि देश अझै आर्थिक, सामाजिक रूपमा समृद्ध र राजनीतिक रूपमा स्थिर बन्न सकिरहेको छैन। यो विडम्बनापूर्ण स्थितिबाट मुलुकलाई बाहिर निकाल्न हामीले गरिरहेको विद्यमान राजनीतिक अभ्यासको निर्मम समीक्षा गर्न जरुरी छ । यस अस्थिरताका मुख्य जिम्मेवार निम्न छ वटा पक्षलाई मान्न सकिन्छ( एमाले, काँग्रेस, माओवादी, राजावादी शक्तिहरू, नागरिक समाज, र राष्ट्रिय स्वतन्त्र पार्टी यी सबै पक्षले लोकतान्त्रिक प्रक्रियामा त अवरोध पुर्याएका छन् नै, साथसाथै, समृद्धि र स्थायित्वका लागि आवश्यक कदम उठाउने भूमिकामा पनि असफल साबित भएका छन्। वर्तमान सरकार ९ कमजोर, निष्क्रिय, निर्णयहीनता नेपाल सरकार वर्तमान अवस्थामा आई पर्ने आर्थिक, सामाजिक र राजनीतिक संकट व्यवस्थापन गर्न असफल देखिएको छ। उसले न त लोकतन्त्रको संरक्षण गर्न सकिरहेको छ, न त दण्डहीनता रोक्न
राजावादीहरू सडकमा हिंसा मच्चाइरहँदा सरकार निरीह र मुख दर्शक जस्तै मात्र देखिएको छ परिणाम स्वरूप निहत्था जनता, प्रहरी, पत्रकार, युवा, वृद्ध अनाहकमा हिंसाको सिकार भएका छन्। लोकतन्त्रलाई थप जोखिममा पर्नबाट जोगाउन गणतन्त्रको पक्षमा उभिने शक्तिहरू एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । केपी ओली नेतृत्वको एमालेले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्दै, विधि प्रक्रिया मिच्दै, र स्वेच्छाचारी शासन लाद्ने काम मात्र गर्यो। सर्वहाराको पार्टी, व्यवस्थित राजनीतिक दलका रूपमा रहेको एमालेलाई ओलीले पूर्ण रूपमा निरङ्कुश र एकलौटी रूपमा सञ्चालन गरिरहेका छन्। उनी जब जब सरकारको नेतृत्वमा आए निषेधको राजनीति, भ्रमपूर्ण राष्ट्रवाद, र जनतालाई झुकाउने रणनीतिमा मात्र केन्द्रित रहे।
सत्ता जोगाउन उनले जस्तोसुकै असंवैधानिक निर्णय गर्नपछि परेनन्। यसर्थ, राजावादी र प्रतिक्रान्तिकारी शक्तिहरूलाई मौलाउने अवसर दिने प्रमुख जिम्मेवार एमाले नेतृत्व हो भन्दा फरक पर्दैन। ओली प्रवृत्तिले देशलाई अनिर्णयको बन्दी त बनायो नै साथसाथै संवैधानिक र संसदीय प्रक्रियालाई अवरुद्ध गर्यो, र लोकतान्त्रिक संस्थाहरूलाई पनि कमजोर बनायो।
नेपाली काँग्रेसस् निर्जीव नेतृत्व, न दिशा न दृष्टि, तर तर गौरवशाली इतिहास नेपाली काँग्रेसको हालत अझ दयनीय छ। देशभरि लोकतन्त्र विरोधी शक्ति सक्रिय हुँदा काँग्रेसको नेतृत्व पूर्ण रूपमा असफल देखिएको छ। न त उसले लोकतन्त्र विरोधी शक्तिको खुलेर प्रतिवाद गर्न सकेको छ, न त स्पष्ट दृष्टिकोणसहित अगाडि बढ्न सकेको छ, सही र साहसिक निर्णय गर्न कहिल्याई गर्न नसक्ने काँग्रेस सत्ताको भागबन्डा मिलाउनमै अल्झिरहेको छ । इतिहासमा प्रजातन्त्रको ध्वजावाहक पार्टीमा आज न सक्षम नेतृत्व छ, न त स्पष्ट रणनीति छ, न त जनतासँग संवाद गर्ने आत्मबल छ । अहिले हेर्दा, राजावादीको षड्यन्त्र मौलाइरहँदा काँग्रेस मौन बसेर तमासा हेर्ने अवस्थामा पुगेको छ। लोकतन्त्रको नाममा पार्टी भित्र मोलाउँदै गरेको देउवा तन्त्र, परिवारबाद, सामन्तवाद, राजतन्त्र र अन्ध हिन्दु राष्ट्रवाद जस्ता प्रतिगमनकारी क्रियाकलापले प्रतिगामी अभ्यासप्रति उसको मौन स्विक्रतिलाई प्रमाणित गर्छ । त्यसमाथि गगन, विश्वप्रकाश, सेखर जस्ता नेता को ढुलमुले नीति र अहम् समयमा ठोस निर्णय लिन नसक्ने असक्षमताका कारण पार्टीको अस्तित्व नै धराशायी हुन बेर छैन। ।
माओवादीस् हिंस्रक अतीत, भ्रष्टाचार, तर गणतन्त्रको लडाइँमा अझै अगाडि माओवादी आन्दोलन नेपालको गणतन्त्र स्थापनाको मुख्य शक्ति हो। तर द्वन्द्वकालीन हिंसा, भ्रष्टाचार, सत्ता लिप्सा र अवसरवादले माओवादीको नैतिक धरातल कमजोर बनायो। सत्ता र सौदाबाजीको खेलले माओवादी कमजोर बन्यो, तर गणतन्त्रको सवालमा अझै निर्णायक रूपमा उभिन सक्ने पार्टी माओवादी नै देखिन्छ। यद्यपि, प्रचण्डको निरङ्कुश शैली, परिवारवाद र पदलोलुपता यसको प्रमुख बाधक देखिन्छ
माओवादीले पनि अब आत्मालोचना गर्दै लोकतान्त्रिक मूल्यमान्यता अँगाल्न सकेन र समयमै कम्जोरो सुधार्न सकेन भने निकट भविष्यमा विलीन हुने निश्चित छ। शान्ति प्रक्रिया को बांकि काम सम्पन्न गर्न जति भाषणमा ठुला कुरा व्वाहारमा प्रतिबद्धता देखिएन।
अबको गन्तव्य
लोकतन्त्रमा पार्टीहरू आलोचित हुन, बिग्रिन, कुहिन, गनाउन, वा असफल हुन सक्छन्, तर त्यसलाई सफा वा सुधार्न पनि लोकतान्त्रिक विधि नै चाहिन्छ। सडक, सदन र समाज मा जसरी राजनीतिक दलका नेतालाई खुलेर विरोध गर्ने गरिएको छ । के यो राजाको शासनमा सम्भव थियो रु केपी, प्रचण्ड, देउवा, माधवलाई जसरी ज्ञानेन्द्र शाहलाई जथाभाबी गाली गर्न उनको राजकलामा सम्भव होला त निरंकुस र वंशीय राज्यव्यवस्था कदापि सम्भव छैन। यदि राजा आएछन् भने जनताले आजको जस्तो अतभुत वाक स्वतन्त्रता पाउलानरु कुनै ग्रमिण, गरिब, दलित, महिला, जनजाति सो स्वतन्त्र नागरिको रुमपा राज्ज संरचनाको उपल्लो सिंडिमा लोकतान्त्रिक प्रक्रियाबाट उक्लन सक्ला?
एमालेको अवसरवाद, काँग्रेसको निष्क्रियता र माओवादीको सत्ता लुप्सा, नयाँ दलको अपरिपक्व राजनीति प्रवृत्ति सुधार गर्दै लोकतन्त्रको रक्षा गर्न अब निर्णायक सङ्घर्ष गर्नुपर्छ। लोकतन्त्र जोगाउन सक्दो बल गरौँ इतिहासलाई पछाडि फर्कन नदिऔँ। जनतालाई लोकतन्त्रको उपहार सुशासन, समृद्धि र शान्ति दिन इमानदार बनौँ। जनतालाई डेलिभरी चाहिएको छ। यस घटनाले सरकार र राजनीतिक दलहरू र नागरिक समुदाय, मडिया लागयतलालाई नयाँ सोच र सकारात्मक कार्यतर्फ अगाडि बढ्न प्रेरित गरोस। राजाबादिहरु हिंसा होईन, शान्तिपुर्ण लोकतान्त्रिक तवरले आफ्नो ऐजेन्डालाई संमबिधान संम्बत अगाडि बढाउ। नवाराजबादि जो राजालाई देखाएर बितन्डा मच्चाउन खोजिराछन, तिनले आफुलाई त लगभग सिध्याईसके, तपाईहरुलाई पनि सिध्याउछन, किनकि मतिहिन ज्ञानेन्द्र कता ढल्किन्छन् कसलाई के था। चेतना भया।
प्रतिक्रिया