रसुवा बाढीपीडितलाई लमजुङ उद्योग वाणिज्य संघको २२ लाखको राहत

564
Shares

लमजुङ।

लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाका बाढीपीडित परिवारका लागि करिब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी वितरणका लागि टोली बुधबार रसुवातर्फ पुगेको छ ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रका परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले जिल्ला तथा विभिन्न इकाइमार्फत खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री संकलन गरेको हो ।

संघका अध्यक्ष भरतकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले बेसीशहरबाट करिब १५ लाख रुपैयाँ, सुन्दरबजार इकाइबाट ५ लाख रुपैयाँ र उदिपुर इकाइबाट २ लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर रसुवातर्फ गएको हो ।

संकलित राहत सामग्री भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई वितरण गरिने संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले बताए । उनका अनुसार राहत सामग्री वितरणका लागि नुवाकोट उद्योग वाणिज्य संघसँग समन्वय भएको छ ।

राहत सामग्री वितरणका लागि संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, सदस्य पुष्पकला मिश्र, महिला उद्यमी विकास संघका उपाध्यक्ष भवानी थापा, सचिव तीर्थ गुरुङलगायतको टोली रसुवा पुगेको छ ।

विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले संघको पहलमा राहत सामग्री संकलन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । संघले यसअघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७० हजार रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।