नवलपरासी।
नवलपरासी पूर्वको हुप्सेकाेट स्थित घाँगी भिरमा निरन्तर देखिँदै आएको धुवाँमा उच्च कार्बन माेनाेअक्साईड रहेको विज्ञहरूले ओैल्यएका छन् ।
खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियाेजनका जियाेलाेजिष्ट प्रकाश लुईटेलकाे टाेलीले गरेकाे स्थलगत अध्ययनमा धुवाँ देखिएको क्षेत्रमा कार्बन कन्टेन्ट बढी नै रहेको पाएको हो ।
यहाँकाे कालाे चट्टानबाट सेताे धुवाँ सहित ताप बाहिर सरिरहेकाे बताइएको छ ।
जियाेलाेजिष्ट लुईटेलका अनुसार प्रारम्भिक चरणकाे अध्ययनले श्वास फेर्न असहज हुने गरी पिराे गन्ध आइरहेकाे उक्त क्षेत्रमा कार्वनडाई अक्साईडका अलवा सल्फर ग्याँस पनि हुन सक्ने आँकलन गरिएकाे छ ।
टाेलीले धुँवाकाे मुख र साे आसपासको क्षेत्रबाट परीक्षणका लागि चट्टान,पानी, धुँवा र जलेका कणहरूकाे नमुना संकलन गरेकाे जनाएकाे छ ।
धुवाँ आएको भिर र त्यस नजिकैबाट बग्ने खाेलाकाे पानी फरक रंङ्गमा देखिएकाेले पानीमा एसिड पनि हुन सक्ने आशंका बढेकाे छ भने नजिकको भडारी बस्तीको अन्न भण्डार मानिने धान बाली समेत प्रभावित हुने कुराले किसानहरू थप चिन्तित बनेका छन् ।
साथै उक्त क्षेत्रबाट मानव बस्ती टाढै रहे पनि हेर्ने बुझ्ने बहानामा कोही कसैलाई नजिक नजान,धुलाे धुवाँ चलाउने सुँघ्ने कार्य नगर्न तथा भीर मुनिबाट बगेकाे पानी समेत नखान विज्ञ टाेलीले स्थानीयलाई सुझाव दिएको छ ।
बताइए अनुसार पाईराइट मिनरल भएकाे ठाउँमा रासायनिक प्रतिक्रिया भई रहँदा हानिकारक ग्यास पनि निस्कन सक्ने सम्भावना भएकाेले त्यहाँ गएर कुनै पनि गतिविधि नगर्न सुझाव दिइएको हो ।
गत बैशाख,जेठ तिर घाँगी भिरमा पहिराे गएकाे र त्यँहीबाट निरन्तर धुवाँ निस्कन थाले पछि त्यहाँबाट केही दक्षिणकाे भडारी र उत्तर तर्फकाे पेलेगा बस्तीमा त्रास उत्पन्न भएकाे थियाे ।
स्थानीयले जमिन मुनिबाट धुँवा निस्किएकाे खवर पालिका र प्रहरीलाई दिए पछि असारकाे मध्यताका नै घाँगी भिरकाे धुँवा निस्कनुकाे कारणका बारेमा सर्वत्र चासाे फैलिएकाे हो ।
पछिल्लाे समय जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले संसद र विभागमा यसका विषयमा कुरा उठाए पछि सम्बद्ध मन्त्रालयले विज्ञ सहितको टाेलीलाई घाँगी भिर पठाएको बताइन्छ ।
विज्ञ टाेलीले घाँगी क्षेत्रमा गरिएकाे प्रारम्भिक अध्ययन र यसकाे प्रभावका बारेमा स्थानीय गाउँ पालिका र जिल्ला प्रशासन कार्यलयमा बिहिबार प्रारम्भिक अध्ययन पछिकाे ब्रिफिङ्ग सकेर काठमाडौं फर्कने तयारीमा रहेको जियाेलाेजिष्ट लुईटेलले बताए ।
त्यसाे त स्थानीय हुप्सेकाेट गाउँपालिका वडा नम्बर ६ घाँगीदेखि केही पूर्वको नाम्जाकाेट गाउँ पनि प्राचीन समयमा फलाम खानी रहेको ऐतिहासिक बस्ती हो ।
यही क्षेत्र देखि पूर्वको पाेखरी,कुईखाेला,बाेझा सम्मकाे झण्डै १० किलोमिटर क्षेत्रमा ठूलै मात्रमा आईरनओेर फलामे धाउ भेटिए पछि धाैवादी फलाम कम्पनीको नाम दिएर सरकारले उद्योग स्थापनाकाे काम अघि बढाएको छ ।











प्रतिक्रिया