नवलपरासी।
भाेटेकाेशी बाढीले बगाएर ल्याएका ३ सय ८९ शव नारायणीकाे किनारी भाग नवलपरासी पूर्व,पश्चिम र सीमावर्ती भारतीय क्षेत्रमा भेटिएका छन् ।
जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार जिल्लाकाे गैडाकाेट देखि त्रिवेणी सम्मको नारायणी नदी क्षेत्रमा हाल सम्म २ सय १६ शव संकलन भएकाे बताउनुभयो ।
प्रनाउ पण्डितका अनुसार संकलन भएका शव मध्ये ४७ महिला ७३ पुरुष ११ बालक १५ बालिका र ७० अन्य शरीरका अङ्हरू रहेका छन् ।
संकलित शवहरूलाई पहिचानका लागि वाह्य जिल्ला तथा जिल्ला भित्रकै विभिन्न अस्पतालमा राखिएकाे र पहिचान हुन नसकेका १ सय ५९ शवकाे डिएनए नमुना लिई अल्पकालीन व्यवस्थापन गरिएकाे छ ।
संकलित शव मध्ये १७ ओटा शव सनाखत भई परिवारले बुझि लगेकाे र ट्याटु जस्ता संकेत रहेका शवकाे पहिचान हुन बाँकी रहेको सुचना अधिकारी पंडितले बताउनु भयो ।
त्यसैगरी जिप्रका नवलपरासी पश्चिमका प्रवक्ता प्रनाउ मदन थापाका अनुसार नारायणी नदीकाे बहाव क्षेत्र सुस्ता ४ र ५ तथा भारतमा फेला परेका ९ गरि १ सय ७३ मानव शव संकलन भएकाे छ ।
बाढीले बगाएर ल्याएका ३३ महिला ७२ पुरुष ७ बालक ५ बालिका १ लिङ्ग नखुलेकाे र अन्य ५१ विभिन्न अङ्ग सहितका शव जिल्लामा संकलन भएकाे थापाले जानकारी दिनु भयो ।
संकलित शवमध्ये ४ ओटा शवकाे सनाखत भएकाे ९८ शवलाई निर्देशिका बमोजिम व्यवस्थापन गरिएकाे तथा अन्य बाँकी ७१ शव पहिचानका लागि प्रदेश भित्रका विभिन्न अस्पतालमा राखिएकाे प्रनाउ थापाले बताउनु भयो ।
साथै उहाँले नदी किनारमा बाढीले बगाएर ल्याएका शवकाे प्रहरी सुरक्षाकर्मीहरू द्वारा खाेजी कार्य जारी रहेको जानकारी दिनुभयो ।












प्रतिक्रिया