रसुवा बाढी : मध्यविन्दु नगरपालिकाका १२ मजदुरसहित १७ जना सम्पर्कविहीन

0
Shares

नवलपरासी। 

पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका निवासी बाह्र मजदुर बुधबार रसुवागढीमा आएकाे बाढीसंगै सम्पर्कविहीन भएका छन् ।

स्थानीय मध्यविन्दु १ र ५ का स्थायी बासिन्दा रसुवा जिल्लाकाे रसुवागढी,टिमुरे स्थित तेन्जिङ सेर्पा हाइड्रो पावर विल्डिङ्ग कन्स्ट्रक्सनमा काम गर्दै आएकाे र बाढी गए देखिनै सम्पर्क नरहेको पारिवारिक स्रोतले जनाएको छ ।

यसरी सम्पर्क विहिन रहेका मजदुरहरूमा जीवन बिक,गंगाराम मुखिया,विशाल मुखिया,सिताराम महताे,युद्ध महताे,एकादेव महताे,नुम नारायण महताे,केवल प्रसाद महताे र तेज बहादुर थारू एउटै गाउँ बाघखाेर निवासी रहेकाछन् ।

त्यसरी नै अन्य ३ सम्पर्क बिहिनमा मध्यविन्दु १ कै हुसन बहादुर थारू,कालीराम थारू र तेज बहादुर महताे बाघखाेर नजिकै सेतापानी गाँउका हुन् ।

सम्पर्क बिहिन मध्यकै एकादेव महताे बिजयकी आमा जानकी महताेले भनिन् छाेराले बाढी आउनु अघि बिहान करिव ७ बजे छाेराले आमा म काममा हिडे साँझ काेठामा आए पछि फाेन गर्छु भनेकाे थियाे तर अहिले सम्म उसकाे कुनै अत्तो पत्तो छैन ।

यसै गरी देवचुली १ केउरेनीका बलिराम महताे,कदमपुर निवासी छविलाल चापागाई कावासाेतीका नारायण गैरे र समीर पाैडेल पनि भाेटेकाेशी बाढीसंगै सम्पर्कमा नरहेको  जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।

यसै गरी सदरमुकाम कावासाेती ६ घरभई रसुवागढी भन्सार कार्यालय टिमुरेमा सुब्बा पदमा कार्यरत विष्णुप्रसाद भुसाल पनि सम्पर्कमा नरहेको परिवारजनले जनाएका छन् ।