काठमाडौँ
लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था आइएफसीसँग ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत सहकार्य सम्झौता गरेको छ ।
उक्त कार्यक्रममा महिला उद्यमशीलता प्रवद्र्धनका लागि स्थापना गरिएको बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वी–फाइ’ले सहयोग गरिरहेको छ । सम्झौतामा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आइएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यअन्तर्गत आइएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक संकलन, विश्लेषण तथा उपयोग प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग गर्नेछ। यसबाट महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता, चुनौती र अवसरबारे स्पष्ट बुझाइ विकास हुने अपेक्षा गरिएको छ। साथै, बैंकले महिला उद्यमीका लागि थप प्रभावकारी तथा उपयुक्त वित्तीय सेवा र समाधान विकास गर्न सक्ने विश्वास गरिएको छ ।
बैंकले यो सहकार्यलाई जिम्मेवार बैंकिङ अभ्यास तथा समावेशी आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।











प्रतिक्रिया