टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

4.89k
Shares

उदयपुर। 

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं ९ राजावासस्थित मदन भण्डारी लोकमार्गमा सोमबार बिहान ९.३० बजे मोटर साइकल र टिपर एकापसमा ठोक्किँदा  मोटरसाइकल चालकको उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार बिहान ९.३० बजेको समयमा त्रयुगा नपा ९ राजावासस्थित मदन भण्डारी लोकमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

  राजावास नजिकको झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नं को मोटर साइकललाई विपरित दिशाबाट आउदै गरेको बा ५ ख ६१७ नं. को टिपरले ठक्कर दिंदा  मोटरसाइकल चालक त्रियुगा नगरपालिका वडा नं ९ डाँडाटोल बस्ने बर्ष ३५ को हरी दनुवार गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा बिहान ०९ः५० बजे अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

  घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक बिपेश कुमार देवको कमाण्डमा SOCO  सहितको प्रहरी टोली खटि गई उद्दार तथा आवश्यक कानुनी प्रक्रिया पुरा गर्ने कार्य भएको छ । टिपर चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नंम्वर ७ होक्से बस्ने बर्ष २८ को आशिष माझी र दुर्घटना परेका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखी थप अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।