उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण


काठमाडौँ। 

 प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्  ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । 

उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिनुभएको सभामुखको सचिवालयले जनाएको छ ।