बुटवल।
अदालतमा मुद्दा विचाराधीन र विवाद समाधान नभएको अवस्थामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको निर्वाचन प्रक्रिया बुटवलमा अगाडि बढाइएको विषयले गम्भीर विवाद भएसंगै कार्यक्रम स्थलमा कुटाकुट भएको छ । यतीमात्र भएन केही पक्षले प्रक्रिया रोक्न माग गदै बहिष्कार गरी हिँडेको दाङवाट ससहभागि प्रतिनिधीरजनी शाहले बताउनु भयो । भने अर्को पक्षले निर्वाचनका गतिविधि जारी राखेपछि महासंघभित्रको कानुनी र नैतिक संकट थप चुलिएको हो । महासंघको बुटवलमा शुक्रवारदेखि जारी निर्वाचन प्रक्रियाले अपाङ्गता आन्दोलनमा थप ध्रुवीकरण र अन्योल सिर्जना गरेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्व चयनका लागि बुटवलमा भइरहेको निर्वाचन प्रक्रियामा विवाद चुलिएको हो । उच्च अदालत पाटनमा मुद्दा विचाराधीन रहेको र स्पष्ट कानुनी निरुपण नभएको अवस्थामा निर्वाचन प्रक्रिया अघि बढाउनु गैरकानुनी भएको एउटा पक्षको दाबी छ । महासंघको विधान र प्रक्रियागत विषयलाई लिएर सदस्यहरुबीच लामो समयदेखि विवाद जारी रहेको र जसले गर्दा मुद्दा अदालतसम्म पुगेको थियो । यसअघि नै निर्वाचन स्थगित गर्न र महासंघको गतिविधिलाई पारदर्शी बनाउन माग गर्दै अदालतमा दायर गरिएको रिट निवेदन बेवास्ता गर्दै उक्त रिट उपर अन्तिम फैसला नआउँदै निर्वाचन प्रक्रिया अघि बढाइनु अदालतको अवहेलना हुने जिकिर गर्दै आएको छ ।
अदालतमा मुद्दा रहेको अवस्थामा संस्थाको निर्वाचन जस्तो महत्त्वपूर्ण प्रक्रिया रोक्नुपर्नेमा त्यसको विपरीत काम हुनुले महासंघको गरिमामा प्रश्न चिन्ह खडा गरेको केन्द्रीय सदस्य सावित्रा घिमिरेले बताउनु भयो ।
महासंघको कार्यसमितिले तोकेका आधिकारिक निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता सालिकराम बञ्जाडेले सर्वोच्च अदालतमा मुद्दा परेको र वैशाख ३ गते दुवै पक्षलाई बोलाइएको अवस्थामा निर्वाचन गराउनु अदालतको अवहेलना भन्दै राजिनामा दिएपछि नेपाल बार रुपन्देहीका पूर्वअध्यक्ष जोगबहादुर खत्रीलाई निर्वाचन अधिकृत तोकेर निर्वाचन अगाडी बढाईएको छ । निर्वाचन अधिकृत खत्रीले केही असन्तुष्ट पक्षले निर्वाचन वहिष्कार गरेको भन्दै नारावाजी भएको र निर्वाचनको प्रक्रिया यस अघि नै सुरु भएकाले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको निर्वाचनवाट नयाँ नेतृत्व चयन हुने दाबी गर्नु भयो ।











प्रतिक्रिया