स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग


काठमाडौं ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलसँग स्पष्टीकरण माग गरेको छ।

हालै स्वास्थ्य बीमा बोर्डका सदस्य नियुक्ति, बैठकमा उपस्थिति तथा निर्णयसँग सम्बन्धित कागजात मिलाउने कार्यमा कर्मचारीहरूको संलग्नता रहेको भन्ने विषय सार्वजनिक सञ्चार माध्यममा आएपछि मन्त्रालयले चासो देखाएको हो।

मन्त्रालयले डा. पौडेलको संलग्नता रहेको वा नरहेको तथा यस्तो अवस्था किन उत्पन्न भयो भन्ने विषयमा सत्य तथ्य स्पष्ट पार्दै ३ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। यो निर्णय मन्त्रीस्तरबाट मिति २०८२ चैत २७ गते गरिएको हो।

मन्त्रालयका अनुसार प्राप्त जवाफका आधारमा आवश्यक थप निर्णय लिइने जनाइएको छ।